विदेशमा युवतीलाई यस्तो सम्म गर्दा रहेछन्, जोर्डनमा बेचिएकी चेली भागेर रातारात फर्किएपछि विमानस्थलमै रुदै सुनाईन पि’डा (भिडियो हेर्नुस्)

भिडियो

काठमाडौ । जोर्डनमा बेचिएकी चेली नेपालको धर्ती टेक्दा निकै भक्कानिइन् ।

उनले नेपालमा सकृय उद्दारकर्ताहरुको सम्पर्कमा आएपछि स्वदेश आउन सफल भइन् ।

उनलाई धर्म परिवर्तन गराएर जोर्डन लगिएको थियो । हिन्दु धर्म मान्ने उनलाई क्रिश्चियन बनाएर जोर्डन लगिएको कुरा उनले त्यहाँ पुगेपछि मात्र थाहा पाएकी थिइन् ।

वैदेशिक रोजगारको नाममा दलालहरुले अशिक्षित र निकै सोझा महिलाहरुलाई त्यहाँ लैजाने गरेको आफुले थाहा पाएको उनले बताएकी छन् ।

उनले आफु जस्तै झण्डै ९ जना महिलाहरुलाई त्यहाँ लगिएको बताएकी छन् । उनले आफु अहिले पनि असुरक्षित महशुष गरेको बताएकी छन् ।

म जस्तै अरु महिला पनि त्यहाँ छन् तर मलाई एकदम डर लागेको छ, काठमाडौ स्थित विमानस्थलमा ओर्लिएपछि उनले भनिन् ।

उनले केही दिनभित्रै उद्दार नभए म जिवित रहन सक्दिन भनेर उनले जानकारी गराएकी थिइन् । काठमाडौ उत्रिएपछि महिला निकै भावुक भइन् ।

उनी रुँदै गर्दा उद्दारमा संलग्नहरुले उनलाई कमजोर नहुन भन्दै हौस्याएका थिए । जसमा ज्वाला संग्रौला लगायत सहभागी थिए ।

पुजा राई नाम गरेकी युवतीको नामवाट आफुलाई दुइ तीन दिन भित्रैमा उद्दार नगरे म बाँच्न सक्दिन भनेर म्यासेज आउपछि आफुहरुले नेपाल ल्याउन पहल गरेको बताएका छन् ।

उनले आफु जोर्डनको कुन ठाउँमा छु भन्ने पनि थाहा नपाएको बताएकी छन् ।