नुवाकोटमा जन्मेर घाँ’स का’ट्ने, गाईभैंसीको गोबर सोहोर्ने र काठमाडौंमा आएर ५०० मा भाँडा माझ्ने अन्जली लामा बनिन् विश्वकै चर्चित मोडेल, अहिले हलिउड फिल्ममा डेब्यू गर्दै

मनोरंजन

मोडलिङ जगतमा फरक पहिचान बनाएकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुन लागेको ‘सेयरिङ ए राइड’ मा उनले अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने यस फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसले पनि अभिनय गर्दै छिन् ।

वुमेन्स एण्ड हलिउडको रिपोर्ट अनुसार, यो एक एन्थोलजी फिल्म हुनेछ, जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । लर्वोलिनो इन्टरटेन्मेन्टको को प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने फिल्ममा महिलाको जिन्दगीको अलग९अलग पक्ष देखाइनेछ ।

फिल्ममा अञ्जलीले हलिउड स्टार कारा डेलेविन्ज, मारिका गे हार्डेन ,मार्गरिटा बाय, ईवा लोन्गोरिया, र लीवनर वारेला जस्ता चर्चित कलाकार सँग काम गर्न लागेकि हन् ।

ते”स्रो”लिं”गी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् । २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उनी उत्कृष्ट २० सम्म पुगेकी थिइन् । यसमा सहभागिता जनाउने उनी नै पहिलो ते”स्रो”लिं”गी मोडल हुन् ।

म नुवाकोटको विकट गाउँमा जन्मेँ, किसान परिवारमा। मेरो जन्म केटाको रूपमा भएको थियो। मभन्दा माथि चार जना दाजु छन्। मुनि दुई बहिनी। म पाँचौं सन्तान। हाम्रो परिवारमा खेतीपाती नगरी खान पु”ग्दै”न थियो।

आमाबुबासहित नौ जनाको परिवार पाल्न सबै खाले काम गर्नुपर्थ्यो। घाँस का’ट्ने, गाईभैंसीको गो”बर सो”होर्ने, गोठालो जानेजस्ता काम सामान्य थिए। म यी सबै काम गर्दै हुर्कें। भविष्यमा फेरि यस्ता काम गर्नुपर्‍यो भने मलाई कुनै अ”प्ठ्या”रो हुँदैन। मान्छेको जीवनमा सबै काम सोचेजस्तो नहुन सक्छ। परिआए जे पनि गर्नुपर्छ। जस्तोसुकै समस्या डटेर सामना गर्नुपर्छ।

मलाई सानैदेखि साथीहरू ‘यसको त चा”ला”मा”ला केटीजस्तो छ’ भनेर जिस्क्याउँथे। हिँडाइ पनि केटीजस्तो छ भन्थे, बोलाइ पनि। जीउ पनि का’टीकु’टी केटीजस्तै छ भनेर उल्याउँथे। मलाई रि”स उठ्थ्यो। चि”त्त दु”ख्थ्यो।

मलाई पनि केटाभन्दा केटी साथीहरू नै मनपर्थ्यो। केटीहरूसँगै हिँड्न र बोल्न रुचाउँथेँ। साथीहरूको जि”स्का”इले मानसिक रूपमा धेरै तनाव हुन्थ्यो। यही तनावले मैले पढाइमा ध्यान दिन सकिनँ। एसएलसी पनि दोस्रोपटकमा पास भएँ।

एसएलसीपछि काठमाडौं आएँ। सहर आएपछि जि”स्क्या”इ कम हुन्छ कि भन्ने लागेको थियो, कहाँ पा”ए”र क”म हुनु! यहाँ त गाउँमा भन्दा धेरै जि”स्का”उँथे। ना”ना”थ”रिका शब्द प्रयोग गर्थे।

त्य”स्ता श”ब्द मैले काठमाडौं आएपछि मात्र थाहा पाएँ। बरू गाउँमा त्यस्तरी हो”च्या”एको थाहा थिएन। सहरका मान्छे स”भ्य, बुझेको, मि”ल”नसार होलान् भन्ने सोचेको थिएँ, होइन रहेछ।

यहाँ आएपछि मैले झन् बढी मानसिक त”ना”व झे”ल्नु”पर्यो। झन् खुल्न गाह्रो भयो। अ”प्ठ्या”रो लाग्यो। केही काम नपाएपछि होटलमा भाडा मा*झ्न थालेँ। यो सन् २००५ को कुरा हो। महिनाको पाँच सय रुपैयाँ पारिश्रमिक पाउँथेँ। त्यति पाउँदा पनि मिहिनेत गरेर कमाएको हुँदा कत्ति खुसी लाग्थ्यो।

केही वर्षअघिसम्म मलाई यो कुरा भन्न अ*प्ठ्या*रो लाग्थ्यो। भाँडा माझ्ने पो रहेछ भनेर हे*प्छ जस्तो लाग्थ्यो। अहिले त्यस्तो लाग्दैन। हामीले सानो सानो काम गरेर नै आफूलाई प्रमाणित गर्नुपर्ने रहेछ। सानो सानो कामबाट नै ठूलो पाठ सिक्नुपर्ने रहेछ। अहिले यहाँ उभिएर हिजो मैले भाँडा मा*झे*को थिएँ भन्न मलाई कुनै ला*ज, स*र*म र अ*प्ठ्या*रो लाग्दैन। बरू आफूले गरेको काममा गर्व लाग्छ। म अहिले मानसिक रूपमा बलियो भैसकेको छु।

त्यति बेला होटलमा काम गर्दा र कलेज जाँदा पनि धेरै त*ना*व हुन्थ्यो। त्यही सं*घ*र्षबीच ‘ब्लु डाइमन्ड सोसाइटी’ को सम्पर्कमा आएँ। त्यसपछि बल्ल मैले आफू ‘ट्रान्सजेन्डर’ भएको थाहा पाएँ। मैले घरपरिवारसँग आफ्नो कुरा राखेँ। कसैले पनि मान्न तयार हुनुभएन। बरू मेरो घरपरिवार, समाज, साथीभाइ र गाउँसँग सम्पर्क टु*ट्यो।

त्यो समय मैले आफू मोडल वा सुपर मोडल बन्छु भन्ने कहिल्यै सोचेको थिइनँ। कुनै अवार्ड जित्छु, देश–विदेश घुम्छु, हजारौं मान्छेका अगाडि यसरी उभिन्छु भन्ने त दिमागमा कल्पना पनि थिएन।

धेरैले ‘तिम्रो फिगर कस्तो राम्रो, तिमी त मोडल हुनुपर्छ’ भन्थे। धेरैको मुखबाट यस्तै प्रतिक्रिया सुनेर मलाई मोडल भनेको के हो, कसरी गर्ने भन्ने जिज्ञासा भयो। मैले यसबारे बुझ्न थालेँ। साथीभाइले मद्दत गरे। र, सन् २००९ बाट मैले काम सुरू गरेँ।

आज फर्केर हेर्दा मलाई नेपालमा ‘ट्रान्सजेन्डर’ भएर जन्मिन पाएकोमा खुसी लाग्छ। यहाँ हामीलाई अपराधीको दर्जामा राखिएको छैन। मान्छेले नबुझेर अपमान गरे पनि राज्यले अपराधी ठहर्‍याएको छैन। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाजस्ता दक्षिणी एसियाली देशमा हाम्रो समुदायलाई सिधै अपराधी बनाइन्छ।

सन् २००९ देखि २०१६ सम्म मैले नेपालमै बसेर काम गरेँ। यस क्रममा धेरै साथीहरूले ‘तिमी किन नेपालमा मात्र काम गर्छौ, बाहिरतिर किन प्रयास गर्दैनौ’ भन्थे। प्रतिभा भएको मान्छेले संसारभरि आफ्नो स्थान खोज्नुपर्छ भनेर हौसला दिन्थे। मलाई पनि बाहिर गएर काम गर्ने मन नभएको होइन। न्यूयोर्क, बेलायत, फ्रान्स सबैतिर गएर फेसन शोमा भाग लिन मन थियो। तर, मसँग पैसा र पहुँच थिएन।

त्यति बेला अरू ठाउँ नभए पनि भारतको मुम्बई गएर त प्रयास गर्न सक्छु भनेर सोचेँ। सबभन्दा पहिले ‘ल्याक्मे फेसन शो’ मा प्रयास गरेँ। २०१६ मा टप-२० सम्म पुगेँ। त्यसपछि बाहिरिएँ। दोस्रोपटक पनि गएँ, भएन।

मैले लगभग हरेस खाइसकेको थिएँ। तै पनि मनमा आस बाँकी थियो। २०१६ को अन्त्यमा यहाँको सबै काम छाडेर मुम्बई नै जाने निधो गरेँ।

त्यहाँ बस्न निकै गाह्रो रहेछ। घर खोज्न पनि ‘ब्रोकर’ मार्फत् जानुपर्ने। अग्रिम भुक्तानी दिनुपर्ने। त्यति गरिसकेपछि पनि ‘ट्रान्सजेन्डर’ हो भन्ने थाहा पाएपछि घर नदिने। पहिलो चुनौती नै यही भयो।

नेपालमा त पैसा तिरेपछि केही हदसम्म समस्या समाधान हुन्छ। उता त्यस्तो छैन। अहिले मुम्बईमा म बसेको घर मेरो नाममा छैन। तेश्रो व्यक्तिको नाममा रहेको घरमा म बसिरहेको छु। मेरो कागजपत्रमा पुरुषको नाम नवीन वाइवा नै छ। साथी भएर मात्र मलाई केही हदसम्म सहज भइरहेको छ।

मुम्बई गएपछि मैले अन्तिमपटक भनेर ‘ल्याक्मे फेसन शो’ मा प्रयास गरेँ। भनिन्छ नि, झुसिलकीराले जीवन सकियो भनेको बेला त्यो सुन्दर पुतली बनेको हुन्छ। मेरो जीवनमा पनि त्यस्तै भयो। जे पनि हुनसक्छ भनेर प्रयास गरेको थिएँ, तेस्रोपटकमा छानिएँ।

त्यसपछि मेरो जीवनको अर्को अध्याय सुरू भयो। मैले इतिहास बनाउँछु भन्ने सोचेको थिइनँ, तर नेपालका लागि पहिलो ट्रान्सजेन्डर मोडल भनेर मेरै नाम लेखियो। ल्याक्मेमा पनि मैले सुरू गर्दासम्म ट्रान्सजेन्डर मोडल कोही थिएन। म पहिलो हुँ।

म नजानेर पनि धेरैको आइडल, रोलमोडल हुन पुगेछु। दक्षिण एसियामा मेरो बाटो पहिल्याएर धेरै साथीहरूले मोडलिङ सुरू गरेको देखेको छु। धेरै जनासँग कुराकानी हुन्छ। खुसी लाग्छ। नेपालमा पनि धेरै साथीहरूलाई हौसला भएछ। यसले सन्तुष्टि हुन्छ। मैले राम्रो काम गरेछु जस्तो लागेको छ।

मान्छेले पहिले त आफ्नो क्षमता बुझ्नुपर्‍यो। नजिकका साथीहरू चिन्नुपर्‍यो। उनीहरूले भनेको मान्नु पनि पर्छ। मेरो हकमा साथीहरूले नभनेका भए, आफैंले नखोजेको भए मैले आफ्नो क्षमता पहिचान गर्दिन थिएँ होला।

त्यसपछि आफूले चाहेको काममा लगनशील भएर लाग्नुपर्छ। इमानदार हुनुपर्छ। हिम्मत गरेर निरन्तर लाग्यो भने सफलता टाढा छैन, यो मेरो अनुभव हो। तीन वर्ष मात्र भयो, मैले अन्तर्राष्ट्रिय करिअर सुरू गरेको। यो तीन वर्षमा पछिल्लो सात वर्षमा नपाएको सफलता पाएको छु। पहिलो सफलता त मलाई नेपाली भनेर चिनाउन पाउँदा असाध्यै खुसी लाग्छ। तीन वर्षमा तीनवटा अवार्ड पाएँ, जुन मेरो लागि एकदम अविश्मरणीय छ।

‘जीक्यू’ ले मलाई ‘सोसल चेन्जर’ भनेर स्टाइल अवार्ड दिएको छ। म ग्रासिया मिलेनियल अवार्डमा ‘मोडल अफ द इयर’ भएँ। यो अवार्ड पनि नेपालको कुनै मोडलले पाएको छैन। ट्रान्सजेन्डरले त झन् पाएकै छैन। भर्खरै मात्र ‘भोग मोडल अफ द इयर अवार्ड’ पाएँ।

मेरो निम्ति पनि कुनै अवार्ड बनेको होला भन्ने मैले कल्पनासम्म गरेको थिइनँ। त्यसैले, यी अवार्डले मेरो जीवनमा ठूलो महत्व राख्छ। यो अवार्ड अञ्जली लामाले मात्र पाएको होइन, एलजिबिटी समुदाय र नेपालले पाएको हो।

मैले आजसम्म कुनै पनि चिज जसरी पनि पाउनैपर्छ भनेर जिद्दी गरेको छैन। सपना देखेको छु, तर महत्वाकांक्षी बनेको छैन। सधैं सकारात्मक सोच राखेको छु, आफ्नो तर्फबाट शतप्रतिशत मिहिनेत गरेको छु। आज म नेपालमा सुपर मोडलका रूपमा स्थापित भइसकेको छु, भारतमा पनि मेरो परिचय छ। अब मलाई यतिले पुगेको छैन। म अब संसारकै सुपर मोडल बन्न चाहन्छु। यसको निम्ति अवसरहरू हेर्दैछु।