शरीरभन्दा ठूलो खुट्टाका कारण बन्दैछ यिनको जिन्दगी असामान्य, एकातिर पिरको भारी अर्को तिर छैन पिर बिसाउने चौतारी

समाचार

एजेन्स्सी । भनिन्छ मानिसको जिन्दगीमा खुट्टाको विशेष भुमिका हुन्छ । खुट्टा बिनाको जीवन असामान्य नै हुन्छ ।

त्यस्तै असामान्य जिन्दगी भोग्ने मध्येका एक हुन् । थाइल्याण्डका ४२ वर्षिय बूनथिंग नामपेट ।

उनी अनौठो विमारीबाट ग्रस्त छन् । उनको एउटा खुट्टाको आकार असामान्य रुपमा मोटो छ ।

उनको शरीरभन्दा पनि दाहिने खुट्टा ठूलो देखिन्छ । बुनथिंगको पारिवारिक अवस्था नाजुक भएका कारण उपचारमा समस्या पर्दै आएको अवस्थामा उनले दयालु थाई बुद्धिष्ट भिनलाई भेटेपछि उनलाई केही राहात मिलेको छ ।

बुनथिंगलाई यो बिमारीले सताएको कयौं वर्ष भइसकेको छ । खुट्टाको समस्याले गर्दा नै उनी हिँडडुल गर्न सक्दैनन् ।

श्रीमतीले देनिक आम्दानी गर्ने ४५० रुपैयाँले घरखर्च चलाउँदैमा ठिक्क हुने हुँदा उपचारमा असहज भएको उनी बताउँछन् ।

भिक्षुसँग भेट भएपछि भने उनले क्याम्पेनीगं गरेर रकम उठाउन मद्धत गरिरहेका छन् ।