जन्ती लिएर बेहुलीको घर पु ग्दा ढो कामा ता ला, बेहुलीसहित पूरै परिवार गा यब !!

समाचार

बिहेको दिन बेहुला जन्ती लिएर बेहुलीको घर पुग्दा बेहुलीको घरमा ताला लागेको पाइएपछि बेहुला जिल्ल परे

घरको ढोकामा ताला लागेको थियो र बेहुलीसहित पूरै परिवार बेप’त्ता थिए । एकछिन त बेहुला, उनको परिवार र जन्तीहरु अलमल्ल परे त्यसपछि बेहुलीका परिवारलाई फोन गरे ।

बेहुलीसहित परिवारका सदस्यको फोन स्विच अफ थियो । अन्ततः बेहुलाका परिवारले पुलिसमा आफूहरुलाई धो’का दिइएको उजु’री गरेका छन्

घटना भारतको पंजाब राज्यको मोगा जिल्लाको हो । भारतीय संचारमाध्यमका अनुसार करिब १ महिना पहिले हरजिंदर सिंहको बिहे मोगा जिल्लाको रेडवा गाउँकी युवतीसँग तय भएको बेहुलाको परिवारले बताएका छन् ।

बिहेको १ दिन पहिले बेहुलीको परिवारको तर्फबाट सगुन पनि पठाइएको थियो । सोमबार बिहान जब हरजिंदरको जन्ती निस्किन लाग्दा केही व्यक्तिहरुले युवतीको पहिले नै कानुनी बिहे भइसकेको बताएका थिए ।

ती व्यक्तिहरुले त्यतिबेला बेहुली नाबालिग भएका कारण उनका पतिलाई सजाय पनि भएको जानकारी दिएका थिए । त्यसपछि हरजिंदरको परिवार जन्ती लिएर बेहुलीको घरमा पुगे ।

बेहुलीका परिवारलाई फोन गर्दा उनीहरुको फोन पनि अफ पाइएपछि बेहुलाको परिवारले उ’जुरी गरेर बेहुलीको परिवारमाथि का’रवाहीको माग गरेका छन् ।