नेपाली चेलीले अमेरिकास्थित फेसबुकको मुख्यालयमा शुरु गरिन् काम, मासिक तलव १८ लाख ! यस्ता छन् सुविधा

समाचार

विश्वप्रख्यात

सामाजिक सञ्जाल फेसबुकमा उदयपुर घर भएकी नेपाली चेली बैअबु राई जाँगीरे भएकी छन् ।

उनी अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको प्रधान कार्यालयमा ‘सिनियर सफ्टवेर इन्जीनियर’को रुपमा जिम्मेवारी पाउन सफल भएकी हुन् ।

उदयपुरको रौतामाई गाउँपालिका–२ सालथुम्का घर भई अमेरिका बस्दै आएकी २९ वर्षीया बैअबु मासिक १७ लाखबढी तलव सुबिधासहित इन्जीनियरको रुपमा काम थालेकी हुन् ।