चार वटै हात खुट्टा नभएका एनिक यसरी सिँढी चढ्न र ओर्लिन सक्छन्, हात लगाउने रहर, पाईलट बन्ने छ सपना (भिडियो)

भिडियो

एक निरासाबादीले हरेक अवसरमा पनि कठिनाई देख्दछ । तर एक आशाबादीले हरेक कठीनाईमा पनि अवसर देख्दछ भन्ने भनाईलाई एनिक लामाले साबित गरिदिएका छन् । एनिक भर्खर ११ वर्षमा हिंड्दै छन् । उनको दुई हात र दुई खुट्टा नै छैन ।

यस अर्थमा उनी चारहात खुट्टा नभएर केवल मुख र शरिर भएका बालक जन्मिएका छन् । अचम्म त तब लाग्दछ जब एनिकले चारहात खुट्टा बिना नै केहीकेही बाहेक बाँकि आफ्ना सबै काम गर्दछन् ।

एनिक एक दिदी र एक दाईपछि जन्मिएका घरका कान्छा छोरा हुन् । उनी निकै ज्ञानी र सम्बेदनशील पनि छन् । ११ वर्षको उमेरमा एनिक कक्षा १ मा पढ्दछन् । उनले हात नहुँदा नहुँदै पनि आफै खाना खान्छन् । आफै लेख्दछन् । आफु बस्ने कुर्सि आफै बोकेर हिंड्छन् ।

भनिन्छ आत्मबल बलियो भयो भने मानिसले सबै काम गर्न सक्छ । एनिकले त्यही गरिदिएका छन् । उनी आफुभित्रको आत्मबलकै कारण आफ्नै घरको सिंढी आफै झर्ने र चढ्ने गर्दछन् ।

घरको काममा आमालाई एनिकले सघाउँछन् भनेको सुन्दा जो कोहीलाई पत्याउन गाह्रो हुन्छ होला तर यो साँचो हो । एक अन्तरवार्तामा एनिकले आफुलाई स्कूलमा साथीहरुले कुट्छन् भन्दै निकै भावुक हुँदै स्कूलको घटना सुनाएका छन् ।

उनको त्यो कुरा सुनेर छेउँमा बसिरहेकी उनकी आमा पनि भावुक भईन् । आमाको मनमा त्यतिबेला भक्कानो फुट्यो जतिबेला एनिकले स्कूलमा आफ्नो पछाडीको भागमा (ढाडमा) चिलाउँदा कन्याईदिने कोही हुँदैन भनेर सुनाए ।

त्यति मात्रै हैन एनिकले आफुलाई स्कूलमा सर्ट र लंग ट्वाईलेट लाग्दा कसैले पनि ट्वाईलेट लैजान नमानेको अवस्थामा कट्टुमा नै गरिदिंदा घरमा बसेकी आमालाई निकै नै सम्झने गरेको कुराले आमाको अनुहार निकै नै मलिन भएको थियो ।

यस्तो परिस्थितिबाट गुज्रि रहंदा पनि एनिकले ठूलो भएर प्लेन उडाउने कुरा गर्छन् । उनले आफुलाई सबैले मिलेर केवल कृतिम दुई हात हाल्न सहायोग गरिदिनुस् भन्दै सहयोगको अपिल गरेका छन् । भिडियो: