एकजना छोरा र दुई छोरी अष्ट्रेलियामा, नेपालमा एक्लै बसेका आमाबाबुको मृत्यु, बिरामी पर्दा स्याहार्ने कोहि भएन

समाचार

झापा

झापा बिर्तामोडका एक दम्पतिको १ हप्ताको अन्तरालमा संक्रमणबाट मृत्यु भएको छ । श्रीमानको निधन भएको

एक सातापछि श्रीमतीको पनि संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको

गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसको एक सातापछि शनिबार उनकी श्रीमती ५६

वर्षीया संगीता बस्नेतको मृत्यु भएको छ । उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको बिर्तासिटी हस्पिटलका

जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए । पहिला श्रीमान गणेशबहादुरलाई संक्रमण देखिएको र श्रीमानलाई

स्याहार्ने क्रममा श्रीमतीलाई सरेको उनले जानकारी दिए । गणेशबहादुरलाई काठमाडौं जाँदा संक्रमण पुष्टि भएको उनले बताए ।

बस्नेत दम्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।

त्यस्तै विवाहको रमझममा पुगेका एक दम्पत्तीले एक महिनाको बिचमा संसार छोडेकाछन् । पाल्पा बगनासकाली गुगाका स्थानिय

वुटवलमा बस्दै आएका थिए । बुटवल तिलोब्त्तमा जोगिकुटी शान्तिपथमा रहेको गणेश वस्याल र उनको श्रीमती पुतलाले एक महिना

भित्रै संसार छोडेका हुन् । केही दिन अघि उनीहरु पाल्पा अर्घेलीमा आयोजना गरिएको वैवाहिक कार्यक्रममा गएका थिए ।

विवाहमा गएर आएपछि दुवै जनाको स्वास्थ्यमा समस्या देखियो । सास फेर्न कठिन भएपछि स्वास्थ्य जाँच गारइयो । सास

फेर्न समस्या भए पछि श्रीमान गणेश बस्याल लाई कोरोना बिशेष अस्पताल, धागो कारखाना बुटवलमा लगियो तर उपचाररत हुदै

गर्दा बैसाख २९ गते उनको निधन भयो । अस्वस्थ्य भएर आइसोलेसनमा भएकी उनकी श्रीमतीलाई श्रीमानको निधनको वारेमा

जानकारी दिइएको थिएन । तर श्रीमती को पनि स्वास प्रसास मा समस्या हुदै गएर अक्सिजन लेबल ८८ बाट तल जान थाले

पछि उनलाई एम्बुलेन्स मार्फत बैसाख ३० गते पोखरा स्थित चरक अस्पताल मा लगिएको थियो ।

चरक अस्पताल पोखरामा रहदै गर्दा उनले पटक पटक बुटवल भर्ना आफ्नो श्रीमान लाई कस्तो छ भनेर कुरुवा संग सोधी

रहेकी थिइन् । उनलाई श्रीमानको निधन भएको बारे जानकारी थिएन । त्यसैले उनलाई स्वास्थ्यमा सुधार भइरहेको छ तर

बोल्न मिल्दैन भनिएको थियो । तर करिब २२ दिन आइसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्य मा सुधार नआए पछि उनलाई

हेलिकोप्टर चार्टर गरि जेठ २१ गते काठमाडौँ स्थित ह्याम्स हस्पिटल लगिएको थियो । तर २२ गते राती करिब १२ बजे

उनको निधन भयो । श्रीमान वितेको २५ दिनमै श्रीमतीको पनि निधन भएको हो । दुवै जना ५९ वर्षका रहेको र

उनीहरुको कुनै सन्तान नभएका कारण शान्ति पथ स्थित घर सुनसान भएको आफन्तले जनाएका छन् ।