अलिकति ज्वरो आएको छ के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेको केहि समयपछी ….. (भिडियो)

भिडियो

उमेरले २२ वर्ष मात्र टेकेकी थिइन् । कुशुम पहारीको विवाह पनि भएको धेरै समय भएको थिएन । उनीहरुको

टिकटकमा निकै रमाइला भिडियोहरु छन् । तर कुशुमको मृत्यु भने निकै दुखद भएको छ । महामारीमा एक पछि

अर्का दुखद घटना भएका सुनिएका छन् । तर यो घटना हृदय विदारक छ । सिन्धुपाल्चोक घर भई काठमाण्डौको कालिमाटीमा

बस्दै आएका अजय श्रेष्ठले श्रीमती कुशुम पहरीलाई संसारवाटै विदा गरिदिएका हुन् । उनको शव देख्न सकिने अवस्थामा

पनि थिएन । विहान साढे ७ वजे वुवालाई फोन आयो त्यती बेला छोरीले गरेकी थिइन् । वुढोलाई अलिकति ज्वरो आएको छ

के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेकी थिइन् । कुरा गर्दा गर्दै फोन ठ्याक्कै छुटेको थियो । विवाह भएको ९ महिना

मात्र भएको थियो । ९ महिनाको बिचमा छोरी र ज्वाईको बीचमा तीन पटक विवाद भइसकेको थियो । उनले छोरीलाई

माइत ल्याएर राखेका थिए । तर श्रीमानले म अब यस्तो गर्दिन म र क्सी खाँदिन भनेर माफी मागेर उनले माइतवाट ल्याएका

थिए । तर यसरी संसारवाटै विदा गरिदेलान् भन्ने उनलाई लागेको थिए । दिनभरी कालिमाटीमा ब्यापार गर्ने राती घर आएपछि

श्रीमानले जहिले पनि दुख दिन्थे । भर्खर लाउँ खाउँ उमेरकी छोरीलाई ज्वाईले सिध्याइदिएपछि बुवा आमा विह्वल भएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान निष्पक्ष गरेको अभिभावको भनाई छ । घटना भएपछि अजयले आफ्ना भाईलाई फोन गरेका

थिए । फोन गरेर कुशुमलाई मैले सिध्याएँ प्रहरी लिएर आइज भनेका थिए । जहिले पनि जिस्किएर त्यस्तै कुरा गर्ने गर्थे । त्यसैले

उनलाई विश्वास लागेन । उनले अरुलाई कोठामा गएर हेर्नु त अजयले मलाई यस्तो भनेर फोन गरेको छ भनेर साथीलाई पठाएको

बताए । साथीहरु जाँदा भित्रवाट ढोका लगाएर अजय भित्रै बसेका थिए । घटना भएको थाहा भएपछि भाइहरुले नै प्रहरी लिएर गएका थिए ।