आन्द्रामा समेत भेटियो ख`तरनाक राेग `ब्ल्याक फङ्गस´को सङ्क्रमण, यस्ताे रहेछ लक्ष्यणहरु

समाचार

आन्द्रामा समेत भेटियो ख`तरनाक राेग `ब्ल्याक फङ्गस´को सङ्क्रमण, यस्ताे रहेछ लक्ष्यणहरु। ब्ल्याक फङ्गसको सङ्क्रमण (म्युकरमाइकोसिस) तीव्र रूपमा

फैलिरहेको बेलामा भा-र-तमा ब्ल्याक फङ्गस सङ्क्रमण आन्द्रामा पुगेका दुई बिरामी भेटिएका छन् । दि-ल्लीको सर गङ्गाराम अस्पतालमा को-भिडको उपचार

गराइरहका बिरामीमध्ये दुई जनामा ब्ल्याक फङ्गस सङ्क्रमण आन्द्रामा पुगेको पाइएको हो । अस्पताल व्यवस्थापनका अनुसार ब्ल्याक फङ्गसको सङ्क्रमण आन्द्रामा

पुगेका र आन्द्रा छे-डेको यो पहिलो पटक हो । आन्द्रामा पुग्ने ब्ल्याक फङ्गसको सङ्क्रमणलाई ग्यास्ट्रो इन्टेस्टाइनल म्युकरमाइकोसिस भनिन्छ । जसलाई

निकै दुर्लभ मानिने गरिन्छ । ग्यास्ट्रो इन्टेस्टाइनल म्युकर माइकोसिस देखिएको ५६ वर्ष र ६८ बर्षे उमेर बिरामीमा मधुमेहको समस्या थियो । अस्पतालका

अनुसार ५६ वर्षको बिरामीमा सङ्क्रमण भएको पुष्टि हुनुअघि को-भिड उपचारका लागि स्टेरोइडको प्रयोग गरिएको थिएन । उक्त बिरामीमा को-रोनाका हल्का

लक्षणहरू थिए । बिरामीलाई पेटको दुखाइ पनि भएका कारण एसिडिटीको औषधि पनि सेवन गरिरहेका थिए । तीन दिनसम्म घरमा औषधिको सेवनपछि

सङ्क्रमणका लक्षण गम्भीर भएको र पेटमा असजिलो बढेपछि अस्पतालमा भर्ना भएका थिए । दोस्रो केसमा ६८ बर्षे उमेरका बिरामी को-रोनाबाट निको भइसकेका थिए र

पछि उनले पेट दुखाइ र असजिलो भएको सङ्केत देखाएका थिए । उनलाई को- भिड उपचारका लागि स्टेरोइडको प्रयोग गरिएको थियो । अस्पतालमा सर्जिकल

ग्यास्ट्रोइन्टेरोलोजी र लिभर ट्रान्सप्लान्टेसन विभागका वरिष्ठ सल्लाहकार डा. उषास्त धीरका अनुसार दुबैको सिटी स्क्यान गरेपछि उनीहरूको आन्द्रामा सानो प्वा-ल भएको

पाइएको थियो । स्टेरोइडको प्रयोग नगरेका बिरामीमा समेत ग्यास्ट्रो इन्टेस्टाइनल म्युकरमाइकोसिस देखिएपछि मधुमेह भएका को-भिड बिरामीमा सङ्क्रमणको जो-खिम

उच्च हुने देखिएको छ । इन्टेस्टाइनल म्युकरमाइकोसिस धेरैजसो अग्र्यान ट्रान्सप्लान्टेसन गरेका बिरामीमा देखिने हुन्छन् । तर, सङ्क्रमण आन्द्रामा पुगेका दुई

बिरामीमा निकै फरक देखिएको छ । उनीहरूले निकै हल्का लक्षण देखाएका थिए । इन्टेस्टाइनल म्युकरमाइकोसिसले पेट तथा ठूलो आन्द्रामा क्षति पु-याउँछ । काेराे-ना भा- ईरस

(काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।