निषेधाज्ञाको बेला विराटनगरमा पक्राउ परेका यी महिला, जस्ले गरे डरलाग्दो काम

समाचार

सरकारले महामारी रोक्न निषेधाज्ञा लगाएको छ । उक्त निषेधाज्ञाको अनुगमन गर्न प्रहरी परिचालित हुने गर्छन् । तर अनुगमन गर्न गएका प्रहरीलाई नै पसले मिलेर

धु’लाई गरे के होला? बिराटनगरमा यस्तै भएको छ । त्यहाँ निषेधाज्ञा अनुगमनका लागि परिचालन भएको प्रहरी टोलीमाथि ह’म’ला भएको छ । पसल बन्द

गरेर निषेधाज्ञाको पालना गर्न आग्रह गरिरहेको टोलीमाथि विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकमा यस्तो भएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका

अनुसार डिएसपी मानबहादुर राई नेतृत्वको टोलीमाथि यो घटना भएको हो । खड्काका अनुसार चार जना प्रहरीलाई चो’ट’प’ट’क लागेको छ । बाँ’स र भा’टाले हा न्दा

डिएसपी राईसहितका प्रहरीको पाखुरा र शरीरका भा’गमा चो’ट ला’गेको हो । प्रहरीमाथि उत्रिएको समूहले डिएसपी राईका अ ङ्ग रक्षक प्रहरी जवान रामबहादुर तामाङले

लगाएको पोसाक पनि च्या’ति’दि’एको छ । निषेधाज्ञामा पसल खुला राखेर भिडभाडसाथ तरकारीलगायत सामग्रीको किनबेच भइरहेको पाइएपछि प्रहरीले सुरुमा सम्झाइबुझाई

गरेर पसल बन्द गर्न आग्रह गरेको थियो । तर केही बेरमै प्रहरी त्यहाँ आइपुग्दा पसल बन्द नगरेको र भी’डभा’ड झन् बढेको पाइएको एसपी खड्काले बताए ।

यसरी प्रहरीमाथि जा’इ ला’ग्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह छन् । पक्राउ

परेकाहरुमाथि आवश्यक कारबाही अघि बढाउन अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

यो पनि : निषेधाज्ञामा थप कडाइ हुँदै, कसैलाई घरबाहिर निस्कन नदिने लगाएत तरकारी पसल पनि बन्द हुन सक्ने

महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले

एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका

सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् । दोस्रो लहरको संक्रमणको भयावह

अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो। जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि

मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने उनले बताए। गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषेधाज्ञा लागू छ। सुरुमा एक हप्ता निषेधाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुईपटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन्।