अर्काको श्रीमती भगाउनु थियो भने मलाई माग्न आएर नौमती वाजा बजाएर किन विवाह गर्नुभयो ? अब यो छोरालाई म के जवाफ दिउँ (भिडियो हेर्नुस्)

भिडियो समाचार

काठमाडौ । श्रीमान श्रीमती दुई वर्ष पछि भेट भए । सानो छोरा पनि अहिले अलि ठूला भएछन् । तर पनि उनलाई श्रीमती र छोराको कुनै माया लागेन । उनले अर्काकै

श्रीमती लिएर हिडेका हुन् । तर पनि अहिले पनि म खुसी नै छु । श्रीमतीलाई छोरालाई धोका दिएर अर्को विवाह त गर्न हुँदैनथ्यो भन्ने त लागेको छ तर म अहिले निकै

खुसी छु । उनले श्रीमती र छोरालाई धोका दिनुपर्ने कारण पनि छैन । मलाई मन पर्थेन भने किन नौमती वाजा बजाएर, हेर्न गएर र माग्न गएर किन लिएर आउनु भयो त ?

श्रीमतीले यस्तो प्रश्न राख्दा श्रीमानसंग कुनै जवाफ भने छैन । आफ्नो पहिलो विवाह र पहिलो माया नै श्रीमानसंग भएका कारण श्रीमती अहिले पनि श्रीमानको माया लाग्ने बताउँछिन् ।

धनकुटा जिल्लाको चौविसे गाउँ पालिकाको कार्यालयमा दुई वर्ष पछि भेटिएका श्रीमान श्रीमतीबीचको कुराकानी हो । झापाको दुनावारी बस्ने कालिका खतिवडा जसको

उमेर २१ वर्षको मात्र छ उनको उमेर १७ वर्षको हुँदा नै विवाह भएको थियो । छोरा जन्मिएको केही समयमा नै उनका श्रीमानले अर्काको श्रीमती लिएर हिडेका थिए ।

श्रीमतीले आफुलाई धोका दिएर अर्काको श्रीमती लिएर हिँडे भन्दै मिडियामा आएपछि भने उनका श्रीमान सम्पर्कमा आएका हुन् । उनीहरुको भेट धनकुटाको

चौविसे गाउँपालिकामा भएको हो । मेघराजले कालिकालाई माग्न गएर पञ्चेवाजा वजाएर नै विवाह गरेका थिए । तर उनको मन किन भरियो ? त्यसको कुनै कारण छैन । भिडियो हेर्न यो लिंकमा किलिक गर्नु