पसलमा काम गर्न राखेको युवतीलाई सिन्दुर हाले, ४ महिनाकी गर्भवती संगीतालाई के भयो होला ? (भिडियो हेर्नुस्)

समाचार

काठमाडौ

बर्दियाकी यि महिला आफ्नो ४ महिनाको गर्भवती रहेकी छोरीलाई ज्वाईले वेपत्ता बनाएपछि रुँदै मिडियाको सहयोग माग्न आएकी छन् । काठमाडौ लोकदोहोरीमा काम

गर्ने संगिता सुनारलाई एक जना युवकले एउटा कष्मेटिक पसलमा काम गर म महिनाको ८ हजार रुपैया दिन्छु र दिनको एक सय रुपैया पनि दिन्छु भनेर पसलमा राखे ।

संगीताको साथी पनि सोही पसलमा काम सुरु गरेकी थिइन् । कालिमाटीको राहुल गुप्ताले यस्तो भनेपछि साथीसंग संगीताले पसलमा काम गर्न थालेकी थिइन् ।

तर साथीलाई एक महिना पछि कामवाट निकालिदिए । तर संगीतालाई भने म तिमीलाई मन पराउँछु विवाह गर्छु भनेर भन्न थाले । संगीताले आमालाई राहुलले म संग विवाह

गर्छु भनेको छ भनेर सुनाइन् । तर आमाले अनुमति दिइनन् । तर छोरीले आफै विवाह गरिन् । आमाले फेसवुकमा फोटो देखेर थाहा पाइन् । छोरीले गल्ती गरीहाली भनेर

स्वीकार गरीन् । ज्वाईको बारेमा उनलाई केही थाहा थिएन । आमाबुवा सानैमा बितेका हुन् म एक्लैछु । अरुले नै मलाई पालेको हो भनेर ज्वाईले सुनाएका थिए ।

सोह्रखुट्टेमा पसल थियो उनीहरुले गंगबु पसल सार्न लागेका छौ एक लाख रुपैया पठाइदिनु भनेर फोन गरे । उनले आफ्नो नन्दको देउरानीसंग मागेर एक लाख

रुपैया पठाइदिइन् । एक महिनाको लागि भन्दै दिएको एक लाख रुपैया उनीहरुले फिर्ता पनि गरेनन् । नन्दको देउरानीले आफ्नो सुन राखेर निकालेको एक लाख रुपैया

थुप्रै महिना नहुँदा पनि उनीहरुले तिरेनन् । एक्कासी छोरी ज्वाई कपडा बोकेर बर्दिया आएपछि आमा छक्क परिन् । जो संग ऋण मागेकी थिइन् उनीहरु दिनहुँ पैसा लिन

धाउन थाले । उनले छोरी ज्वाईलाई पैसा तिर भनेर भनिन् । त्यसपछि ज्वाईले म काठमाडौ गएर पसल बेच्छु अनि तिर्छु भनेर काठमाडौ जान खोजे । आमाले नै काठमाडौ फर्कने

पैसा ऋण खोजेर छोरी ज्वाईलाई काठमाडौ पठाइन् । छोरी ४ महिनाको गर्भवती छन् तर त्यसरी पसल बेचेर ऋण तिर्न भन्दै काठमाडौ फर्किएका छोरी ज्वाई

सम्पर्कमा छैनन् । आमाले बरु ज्वाईले जे सुकै गरुन् तर आफ्नो छोरी चाहियो भन्दै आमा रुँदै मिडियामा आएकी छन् ।