धनुषामा अचम्म, पतिले भाइ र पत्निलाई एउटै बेडमा देखे, देवर भाउजु मिलेर पतिलाई नै साइड लगाइदिए

समाचार

काठमाडौँ

धनुषामा एक महिला आफ्नै देवसँग नजिकिइन् । उनको यो करतुत उनका श्रीमानले थाहा पाए । पति पत्निबिच विवाद भयो, त्यही बेला

पतिले पत्निमाथि हात उठाए । पत्नि त्यसपछि माइत गइन् । उनको माइतमा उनका दुई देवर पुगे । देवर र भाउजु मिलेर त्यसपछि जुन

निर्णय लिए, त्यो सबैलाई अचम्म पार्ने खालको छ । घटना धनुषाको हंसपुर नगरपालिका वडा नं ६ टिल्हीको हो । त्यहाँ बद्री मण्डलका

३५ वर्षीय छोरा शम्भु मण्डलको ह त्या उनकै श्रीमति र भाइ मिलेर गरेका छन् । स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर

सञ्जय र अनिल मण्डलसँग मिलेर यस्तो घटना गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताएका छन् ।

प्रहरीका अनुसार सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन् । शम्भु र सुशीलाका एक छोरा र एक छोरी छन्।

उनका अनुसार शुक्रबार राति करिब २ बजे तीन जना मिलेर घरमै यस्तो घटना गराएका थिए जसका लागि मोबाइलका तीनवटा चार्जरको

तार प्रयोग भएको देखिएको छ । उनीहरु भने त्यहाँ नभेटिएको प्रहरीको भनाइ छ । डीएसपी मिश्रका अनुसार राति २ बजे घटना भएको अनुमान

छ । प्रहरीमा जानकारी आउने वित्तिकै घटनास्थल पुगेको थियो। पोस्टमार्टमका लागि शम्भुको शव प्रादेशिक अस्पताल जनकपुर ल्याइएको

प्रहरीले जनाएको थियो । प्रहरीले घरायसी विवादमा घटना भएको बताएको छ । तर स्थानीयले देवरसँग लसपस कारण

सुशीलाले योजनाबद्ध तरिकाले पतिलाई साइड लगाएको दाबी गरेका छन् । एक स्थानीयका अनुसार सुशीला र शम्भूका भाइ एकसाता

अघि एउटै वेडमा लसपस गरेको पति शम्भुले देखेका थिए। त्यसपछि शम्भुले कु ट पि ट गर्दा सुशीला भा गे र धनुषाको विदेह

नगरपालिका ७ बेलापट्टीस्थित माइतीघर गएर बसेकी थिइन् । एक स्थानीयले भने, ‘शुक्रबार दुवै देवर सञ्जय र अनिल भाउजू सुशीलाको

माइत पुगेका थिए। त्यसपछि सुशीलाले पति शम्भुलाई फोन गरी म घर फर्किन्छु, लिन आउनू भनेर बोलाइन् र साँझ घर आइन् । राति घरमा तीनै जना मिलेर शम्भुलाई सन्सारबाट विदा गरे र आफू पनि अलप भए ।’