आफ्नो घर नहुदा १२ वर्षीया छाेरीले मन्दिरमा कृ’या गर्दै हेर्नुहोस

समाचार

सल्यान सिद्दकुमाख गाउँपालिका ३ कल्याचाैरका भाेलाराम बाेहरा एउटा सुन्दर भविष्यका लागि १४ वर्ष अघि श्रीमती सँगै दाङ तुलसीपुर झरे । उनले मजदुरी गर्दै श्रीमती र सन्तानकाे रुपमा रहेकी एउटी छाेरीलाइ पालनपाेषण गर्दै आएका थिए ।

भाेलारामले टिप्पर चलाउँथे । श्रीमती र छाेरीलाइ तुलसीपुरकाे बेलुवामा काेठा भाडामा लिएर राखेका थिए । तर यहि बैशाख ७ गते चैते दशैंकाे दिन याे परिवारमा एउटा ठुलाे

ब्रजापात भयाे ।पाल्पाकाे माथागढी गाउँपालिका ५ स्थित चुनढुङ्गा खानीकाे लागि उनले टि’प्पर चलाउथे । चैते दशैकाे दिन आफैले चलाएकाे टिप्पर दु’र्घटनामा परेर उनकाे मृ’त्यु भयाे । उनकाे मृ’त्युपछि अहिले श्रीमती र छाेरीकाे दाङमा बि’चल्ली भएकाे छ ।

१२ वर्षीया छाेरी रितु बाेहरा घर नहुँदा तुलसीपुरकाे कालिका मन्दिरमा बुबाकाे कृया गरिरहेकी छन् । परिवारमा अरु काेहि नहुँदा उनले बुबाकाे कृया गर्नुपरेकाे हाे ।

उनकाे आर्थिक अवस्था देखेर मन्दिर व्यवस्थापन समितिले मन्दिरमा लिनु सबै शुल्क निशुल्क गरेकाे छ । पाल्पाबाट भाेलारामकाे श’व दाङ ल्याउँदा विभिन्न व्यक्तिले सहयाेग गरेर गाडीमा ल्याएका थिए । परिवार चलाउने अगाडीकाे मान्छेकाे नि’धन

भैसकेपछि घर नभएकाे अवस्थामा अब याे परिवारमा ठुलाे समस्या परेकाे छिमेकी सुवर्ण याेगीले बताए । उनलाइ सहयाेग गर्न चाहानेले श्रीमती साेभा बाेहराकाे एभरेष्ट बैंक लिमिटेडमा रहेकाे खाता नम्बर ०३३००५०१२१०३४१ मा सहयाेग गर्न सक्ने र ९८१०९५१५७८ र ९७४२२३०२२६ मा सम्पर्क गर्न सकिन्छ ।

यो समाचार पनि पढ्नुहोस

दाङमा एकै दिन दुई दिदीबहिनीको झाडापखालाका कारण मृ’त्यु भएको छ । जिल्लाकाे राजपुर गाउँपालिका वडा नं. ६ की ११ वर्षीया रिता र १३ वर्षीया विनिता बुढाको एकै दिन मृ’त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टलेले प्रेम बुढाका दुई छोरीको झाडापखालका कारण एकै दिन मृ’त्यु भएको बताए।शनिबार बेलुका स्थानीय खोलाबाट माछा

मारी पकाएर खाएपछि उनीहरूलाई पाखाला सुरू भएको र उपचारका क्रममा दुई दिदीबहिनीको मृ’त्यु भएको भन्ने कुरा बुवा प्रेमले प्रहरीसमक्ष जानकारी दिनुभएको छ,’ भट्टले भने, ‘अहिले दुबै दिदीबहिनीको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।’

प्र’हरी निरीक्षक भट्टका अनुसार दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रिताको बिहान ६ बजेतिर स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृ’त्यु भएको थियो। राजपुर

गाउँपालिका नेपाल-भारत सीमा नाका क्षेत्रमा पर्छ । राजपुर वनजंगलभित्रको विकट ठाउँ रहेकाले त्यहाँबाट लमहीमा उपचारको लागि ल्याउन निकै कठिन छ। भारतीय सरकारले स्थानीय

निकायको निर्वाचनका कारण आइतबार र सोमबार दुई दिन सीमा सिल गरेकाले दुबैलाई चाहेर पनि भारतका अस्पतालमा उपचारका लागि लैजान नपाइएको परिवारलाई उद्धृत गर्दै प्र’हरी निरीक्षक भट्टले बताए।