बिहेको चर्चा भएपछि मुख्यमन्त्री राईको हुनेवाली श्रीमती जाङमु शेर्पा, पहिलोपटक मिडियामा

समाचार

काठमाण्डौ । बालिका खड्का यो नाम विगतदेखि वर्तमानसम्मै प्रदेश १ का मुख्यमन्त्री शेरधनराईसंगै जोडिंदै आईरहेको नाम हो ।

यो नाम न केवल मुख्यमन्त्री राईसंग जोडियो वल्कि राईसंग नाता कायम गरिपाऊँ भनेर अदालसम्मै पनि यो नामले निकै नै हंगामा गर्यो ।

बालिका भन्ने बित्तिकै शेरधनर शेरधन भन्ने बित्तिकै बालिका भन्ने सम्म स्थिति बनिरहेको बेला एक्कासी शेरधनको विबाह चर्चाको विषय बनेको छ ।

मुख्मन्त्री शेरधनले आफुभन्दा २० वर्ष कान्छि जाङमु शेर्पासंग बिहे गर्दैछन् भन्ने कुरा बाहीरिएकपछि यतिबेला सामाजिक सञ्जालमा पुरै तरंग नै आएको छ । को हुन् त जाङमु शेर्पा ? भन्ने प्रश्न पनि धेरैको मनमा रहेको छ ।

जाङमु शेर्पाले शेरधनसंगको वैबाहीक सम्बन्धको कुरा बाहीरिएपछि पहिलो पटक मिडियामा आफ्ना कुराहरु राखेकी छन् । उनी एक मोडेल हुनुका साथै कार्यक्रम प्रस्तोता पनि भएको कुरा उनी आफैले बताएकी छन् ।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

जाङमुको गाउँमै भएतापनि उनको लालनपालन काठमाणडैमा भएको हुनाले उनले गाउँको परिवेशमा आफुलाई अहिलेसम्म नभिजाएको बताउँछिन् ।

गाउँले परिवेशमा हुर्कन नपाएपनि उनलाई गाउँले वातावरण र जीवन निकै नै मन पर्ने बताएकी छन् । उनले स्देश र विदेशमा कार्यक्रम सञ्चालन गर्दै आएको बताएकी छन् । अन्ततरवार्ताकै क्रममा उनले शेरधनसंगको विबाहको विषयमा भने कुनै कुरा गरेकी छैनन् ।