‘मेरो पनि हैन र यो देश’ बाट फेरि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपूत (भिडिओ)

मनोरंजन

‘बोला माया’ र ‘गालबन्दी च्यातियो’ जस्ता गीतबाट प्रशंसा कमाएका गायक प्रकाश सपूत नयाँ गीत मार्फत फेरि चर्चामा छन्। उनको नयाँ गीत ‘मेरो पनि हैन र यो देश’ छोटो समयमै युट्युबको ट्रेन्डिङको

शीर्ष स्थानमा पुगको छ। शुक्रबार गायक प्रकाशले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको यो गीतमा स्वर, शब्द र संगीत उनकै छ। भिडिओका निर्देशक र परिकल्पनाकार पनि उनै हुन्।

गीतबारे प्रकाशले भनेका छन्, ‘मेरो पनि हैन र यो देश !” एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत हो। यो गीतको टुक्काहरुमा आमनागरिकका गुनासो राखिएका छन् भने यसको म्युजिक ऐरेज्मेन्टमा हाम्रो सांस्कृतिक विविधतालाई समेट्ने प्रयास गरिएको छ।’

नेपाली हुनुमा गौरवसँगै देशभित्रै अनागरिक हुनुपर्दाको गुनासो पोखिएको छ। वैदेशिक रोजगारीका दु:ख र बलात्कारविरुद्ध सचेतना जगाउने गीत बनाएर समाजप्रति सरोकार देखाउँदै आएका प्रकाशको यस

पटक झण्डा र भूगोलभन्दा हिमाल, पहाड र तराईका आममानिसका भोगाइ र राष्ट्रिय समस्यालाई गीतको विषय बनाएका छन्। गीतमा संगीत संयोजन, पार्श्व संगीत, साउन्ड डिजाइन, मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसायलीले गरेका छन्।