सरकारी गाडी लिएर दिउसै होटलको कोठामा पुगेका गाउँपालिका अध्यक्ष महिलासहित निर्वस्त्र फेला परे

समाचार

काठमाडौ

गाउँ पालिकाका अध्यक्ष दिउसै सरकारी गाडी लिएर होटलमा आएर शंकास्पद ब्यवहार देखाएपछि कसैले प्रहरीमा खबर गरिदिए । प्रहरी आएर होटलको कोठामा हेर्दा उनी एक महिलासंग

निवस्त्र फेला परे । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका अध्यक्ष महेन्द्र यादव एक महिलासंग होटलको कोठामा निर्वस्त्र फेला परेका हुन् । बुधबार धरानस्थित डुकु होटलमा उनी सरकारी गाडी

लिएर कोठामा पुगेका थिए । उनले एक जना महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर होटलको कोठामा लगेका थिए । सरकारी गाडी लिएर महिला सहित होटलको कोठामा पुगेपछि उनका बारेमा

कसैले प्रहरीलाई खबर गरिदिएको थियो । उनी होटलबाट महिलासहित पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी एक महिलासँग निवस्त्र

रूपमा पक्राउ परेका हुन । उनले एक इनरुवाकै महिलालाई जागिर लगाइ दिने प्रलोभनमा होटलको कोठामा लगेका थिए । कोठामा महिलाको इच्छा विपरितको ब्यवहार गरेको आरोप

उनीमाथि लागेको छ । अध्यक्ष दिउँसो नै सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिहेको छ ।