भारतमा कोरोना संक्रमण भ’यावह‚ दिल्लीको खुला ठाउँमा श’व ज’लाइँदै !

समाचार

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार २६३ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ। भारतको राजधानी दिल्लीमा रहेका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् ।

अस्पतालमा रहेका ९९ प्रतिशत बे’डमा सङ्क्रमितहरुलाई राखिएको र अबका सङ्क्रमित राख्ने ठाउँको अ’भाव भएको बीबीसीले जनाएको छ । यस्तै भारतको दिल्लीमा रहेका ६ वटा अस्पतालमा अ’क्सिजन स’किएको जनाइएको छ। विश्वभर एकै दिन ८ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या १४ करोड ५३ लाख ना’घेको छ ।कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या तीव्र रूपमा बढेसँगै सं’घीय राजधानी रहेको नयाँ दिल्लीको खुला ठाउँमा श’व द’हन गर्न थालिएको छ। विश्वमा एकै दिन करिब १३ हजारको कोरोनाकै कारण मृ’त्यु भएको छ ।

यससँगै कोरोनाले विश्वभर मृ’त्यु हुनेको संख्या ३० लाख ८३ हजार ९९३ पुगेको छ ।अमेरिकामा ६५ हजार, टर्कीमा ५४ हजार ८००, ब्राजिलमा ४९ हजार ३००, फ्रान्समा ३४ हजार ३००, जर्मनीमा २९ हजार ४००, अर्जेन्टिनामा २७ हजार २००, इटलीमा १६ हजार २०० र स्पेनमा १० हजार ८०० नयाँ संक्रमित थपिएका छन् ।

ब्राजिलमा २ हजार ७०, अमेरिकामा ८६३, पोल्याण्डमा ६९४, अर्जेन्टिनामा ५३७, रसियामा ३९७, इटलीमा ३६०, टर्कीमा ३५४, जर्मनीमा ३११ र स्पेनमा १३२ को मृत्यु भएको छ । अहिले विश्वभर १ करोड ८६ लाख ५१ हजार सक्रिय संक्रमित छन् भने १२ करोड ३५ लाख ६७ हजार जना सं’क्रमणमुक्त भएका छन् ।