यस्तो भए २०७२ सालको भूकम्पमा २२ घन्टा पु’रिएका सोनिस !

समाचार

निलो टिसर्ट र हाफ पाइन्ट लगाएका फुच्चे केटो दुगुर्दै कोठाभित्र पसे। उनको हातमा स्कुलको रिजल्ट थियो। पछिपछि उनकी आमा रश्मिला अवाल थिइन्। ‘खोइ, खोइ! रिजल्ट हेरौं त,’ हाम्रो आवाज सुनेर उनी एकछिन अलमलमा परे। ढोकामै अडिएर आमाको अनुहारतिर हेरे।

यसरी कोठामा नयाँ मान्छे आउनु उनको निम्ति सामान्य थियो सायद। उनी अप्ठ्यारो नमानिकनै हामीनजिक आए। रिजल्ट देखाउँदै प्रत्येक विषयको ‘ग्रेड’ ठूलो स्वरमा सुनाउन थाले, ‘ए-प्लस, बी-प्लस, डी-प्लस, सी-प्लस, बी-प्लस…।’ २०७२ वैशाख १२ को भु’इँचालो बेला भक्तपुर, मूलढोका-४ को एक भ’ग्नावशे’ष घरमा २२ घन्टा पु’रिएर उ’द्धार गरिएको बालक तपाईंहरूलाई याद छ नि!

त्यति बेला उनको फोटो निकै भाइरल भएको थियो। सेनाको उद्धारटोलीले काखमा बोकेका ती बालक धूलोमा लु’टुपुटु थिए। उनको जिउमा सेतो लुगा थियो, शिरमा टोपी। धूलोले आँखाधरि हेर्न नसकेर चि’म्म गरेका थिए। जसै सेनाले उनको जिउको लुगा ट’क्टकाए, ओठमा लागेको माटो ह’टाए र हल्कासँग फू गरेर आँखाको धूलो झा’रे, उनले आँखा पुलुक्क उ’घारे।

भु’इँचालोको अ’सह्य चोटमा एउटा खुसी मु’सुक्क हाँसेको थियो। आज छ वर्षपछि उनी हामीलाई स्कुलको मा’र्कसिट पढेर सुनाइरहेका छन्। ‘एसकेजी’ मा पढिरहेका सोनिस अवाललाई हामीले सोध्यौं, ‘म्याथमा त डी-प्लस मात्र आएछ नि है? राम्रो हो त्यो?’उनले एक अक्षरमा जवाफ फर्काए, ‘नो।’

सोनिस धेरै प्रश्नको जवाफ ‘यस’ र ‘नो’ मा फर्काउँछन्। ‘झ्या’उ लाग्छ हो म्याथ?’ ‘म्याथ होइन सबैमा झ्या’उ लाग्छ,’ त्यसो भन्दै उनले आफ्नो रिजल्ट दिदी सोनियाको हातमा थ’माए अनि टेबलमा चार्ज भइरहेको मोबाइल थुतेर त्यसैमा झु’म्मिन थाले ।

त्यो मार्कसिट सोनिसको आफ्नो होइन रहेछ, दिदीको रहेछ। दिदीको मार्कसिट लिन उनी आमासँग साथी मात्र गएका रहेछन्। आमा-छोरा स्कुल गएका बेला हामी सोनियासँग घरमै कुरेर बसेका थियौं। स्कुलको परीक्षा आफ्नो ठाउँमा छँदैछ, जिन्दगीको परीक्षा भने यी दिदी-भाइले भु’इँचालोमै ‘पास’ गरेकी हुन्।

त्यो दिन आमा पसल हिँडेपछि सोनिया टिभी हेरिरहेकी थिइन्। छेउमा चार महिनाको भाइ सोनिस म’स्त नि’दाइरहेका थिए। ठूलोबाका छोरीहरू रुबी र लक्ष्मी पनि आफ्नै धुनमा थिए। एक्कासि हेरिरहेको टिभी झ’ल्याकझुलुक हुँदै झि’रझिर गर्न थाल्यो। एकछिनमा फ्या’ट्टै नि’भ्यो।

त्यति बेलासम्म धर्ती ह’ल्लिन थालिसकेको थियो। उनी बस्ने माटोको घर किर’किर गर्दै थ’र्थराइरहेको थियो। तर, न सोनियाले चाल पाइन् न त रुबी र लक्ष्मीले। न सोनिसकै नि’द्रा टु’ट्यो। बाहिर होहल्ला हुन था’लिसकेको थियो। सबै ‘भु’इँचालो आयो’ भन्दै भा’गाभाग गरिरहेका थिए।

सोनियालाई आफ्नै पै’तलामुनिको भुइँ सरकसरक सरिरहेजस्तो लाग्न थाल्यो ।भित्ताहरू च’रकचरक फा’टिन थाले। त्यहाँबाट फु’सफुस धूलो झ’रिरहेको थियो। काठका साँ’घुरा भर्‍याङबाट गु’र्रर झ’र्न मात्र आँ’टेकी थिइन्, उनलाई ‘प्यारो’ भाइ सोनिसको ख्याल आयो।

पसल जानुअघि आमाले भनेकी थिइन, ‘टिभीमा मात्र भुल्ने होइन नि, भाइको पनि ध्यान राख्नू।’ ‘हुन्छ ममी,’ उनले आ’श्वस्त पारेकी थिइन्। त्यसै कारण भ’र्‍याङको पहिलो खु’ट्किलोमा पुगिसकेका उनका पाइला फरक्क पछाडि फर्के। म’स्त नि’द्रामा सु’तिरहेको भाइ सोनिसलाई च्या’पेर उनी बाहिर निस्कन खोजिन्।

तर मा’त ला’गेजसरी ह’ल्लिरहेको दराज सोझैं उनमा ख’प्टिन पुग्यो। त्यही तोडमा भाइ पनि हातबाट फु’त्कियो। ५६ सेकेन्डको ता’ण्डवपछि भु’इँचालो केही बेर शान्त भयो। पसल गएकी आमा रश्मिला छोराछोरीको चि’न्ताले हाँ’पदाँ’प गर्दै फर्किन्। तर घर पूरै माटो भइसकेको थियो।

उनी मौ’न। निःश’ब्द। उद्धारकर्ताले दुई घन्टाको अथक प्रयासपछि टाउको मुनि खुट्टा माथि भएर पु’रिएकी सोनिया फेला पारे। उनी हो’सहवा’समै थिइन्। हा’तगो’डामा सामान्य चो’ट मात्र लागेको थियो। उद्धारकर्ताले रुबी र लक्ष्मीलाई पनि फेला पारे। उनीहरूको सा’स भने था’मिसकेको थियो।