३ श्रीमानको एउटी श्रीमती सडकमा यस्तो अवस्थामा फेला परिन् (भिडियो हेर्नुस्)

भिडियो

काठमाडौ । समाजमा अनेकथरीका मानिस फेला पर्छन । उनको १४ वर्षमा विवाह भएको थियो । अहिले सम्म उनका तीन श्रीमान भइसके । तर तीन पटक विवाह गरेपछि पनि उनी सडकमा आएकी छन् । सडकवाट उद्दार गर्नेहरुले उनलाई फेला पारे । उनलाई उद्दार गरेर आश्रममा लैजाने बेलामा उनीसंग गरेको कुराकानी भने निकै मार्मीक छ । सुरुमा विवाह गर्दा १४ वर्ष भएकी उनले आफ्नो विवाह भएको अहिले २२ वर्ष भएको बताउँछिन् ।

सामान्य अवस्थामा नरहेकी उनको बोलाई पनि स्थित छैन । उनी कतिबेला के भन्छिन् भने कतिबेला के भन्छिन्। उनलाई बालिकालाई फकाएजस्तै उद्दारकर्ताले लिएर गएका छन् । उनलाई काठमाडौंको कलंकी स्थित आश्रममा लैजाने प्रयास गरिएको भिडियो हो । श्री नेहाले उनलाई ट्याक्सीमा राखेर आश्रममा लिएर गएकी हुन् । वाटोमा माग्दै बसेकी महिलाले काम गरेर खान चाहेको बताउँछिन् । काम गरेर पो खानुपर्छ नत्र यो धर्तीमा यसरी बस्नुहुन्न ।

श्री नेहाले मेरो घरमा जाउँ भन्दा म त तिम्रो घरको नोकर हुन्छु नी भनेकी थिइन् ति महिलाले । श्री नेहाको आश्रममा यस्तै थुप्रै महिलाहरु छन् । सहरमा वेसहारा भएका महिलाहरुलाई आश्रममा रहेका महिलाहरुलाई सहयोग दिन सक्ने पनि उनले बताएकी छन् ।

जन्मदिन, तिथीहरुमा पनि सहयोग गर्न सकिने उनको भनाई छ । यस्ता महिलाहरुलाई सहयोग गरे भने पुण्य मिल्ने भन्दै यस्तै मानसिक रुपमा समस्यामा रहेका र अन्य रोगीहरुलाई उपचार गर्नुपर्ने भएकाले अब आफै अस्पताल बनाउने योजना बनाएको बताएकी छन् ।