समाचार

‘नो ब्रा’ अभियान चलाएकी पप गायिका सुली नि*धन फेला परेकी छिन

काठमाडौं / ब्रा नलगाउने अभियान चलाएकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । दक्षिण कोरियाकी पप गायिका सुली राजधानी सोलनजिकै रहेको आफ्नो घरमा सोमबार मृ *त फेला परेकी हुन् ।

उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनले दक्षिण कोरियामा ब्रा लगाउने-नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् । २५ वर्षीया सुलीको वास्तविक नाम चोप जिन-रि हो ।

Related Articles

Back to top button
Close