कतारका लागि उडेको विमानमा बिरालोले पाइलटलाई आ’क्रमण गरेपछि आकस्मिक अवतरण (हेर्नुहोस भिडियो)

भिडियो

कतारका लागि उडेको विमानमा बिरालोले पाइलटलाई आ’क्रमण गरेपछि आकस्मिक अवतरण (हेर्नुहोस भिडियो)

काठमाडौं। उडिरहेको विमानमा बिरालोले पाइलटलाई आ’क्र’मण गरेपछि विमानको आकस्मिक अवतरण गर्नुपरेको छ । जानकारीअनुसार विमान उडिसक्दा त्यो बिरालो ककपिटमै थियो । बिरालोले अनि’यन्त्रित भएर पाइलटमाथि नै आ’क्र’मण गरेपछि विमानको आकस्मिक अवतरण गराउनुपरेको हो ।सुडानको राजधानी खार्तुमबाट उडेको विमान कतारको दोहा जाँदै थियो ।

तर बिरालोले आ’क्र’मण गरेपछि पाइलटले सुडानको राजधानी शहर खार्तुम नै फर्कने निर्णय गरे । स्थानीय मिडिया रिपोर्टहरूमा जनाइएअनुसार उक्त जनावर ‘आ’क्रा’मक र रिसाहा’ थियो र विमान उड्नुभन्दा पहिले कुनै तरिकाले विमानभित्र पसेको अनुमान गरिएको छ ।

स्थानीय अखबार अल सुडानीलाई उद्धृत गर्दै मेट्रोले जनाएअनुसार बिरालोलाई शान्त राख्न कैयौं प्रयास गरिएको थियो तर बिरालोले त्यसको प्रतिरोध गरिरह्यो र पाइलटलाई नै आ’क्र’मण गर्यो । यो सुडानी टार्को उडान गत बुधबार खारतुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र घ’ट’ना हुँदासम्म करिब ३० मिनेटसम्म हावामा उडिसकेको थियो

।विमानभित्र आ’तं’कको स्थिति भएपछि अन्ततः पाइलटले विमान फर्काउने निर्णय गर्नुपर्यो । विमानको सरसफाइको क्रममा वा विमानको इन्जिनियरिङको जाँचको क्रममा बिरालो विमानभित्र पसेको र बिरालो पस्दै गरेको कसैले नदेखेको अनुमान गरिएको छ यद्यपि यो कुराको पुष्टि हुन सकेको छैन । विमानलाई अघिल्लो रात विमानस्थलको ह्याङगरमा पार्क गरेर राखिएको बताइएको छ ।