मानिसहरुले कोरोनाको भ्याक्सिन लगाईरहेका थिएनन्,सरकारले अफर दियो र लाग्यो लाइन

अन्तराष्ट्रिय

चिन

कोरोना भाइरसको सुरुवात चिनकै वुहान शहरबाट भएको थियो । एकतर्फ जहा यस माहामारिले तहल्का मच्चाईरहेको छ ,उहि चिनलेभने धेरै हदसम्म यस प्रकोपलाई नियन्त्रण गरेको छ ।

यसमा सबैभन्दा ठुलो भुमिका भ्याक्सिनले निभाएको छ । चिन जस्तो धेरै आवादि भएको देशमा त्यहाको सरकारले मानिसलाई भ्याक्सिन तर्फ आकर्षित गर्नलाई अनेकअनेक प्रस्ताब दिइरहेको छ ।

भ्याक्सिन लगाउन इच्छा नराख्ने मानिसहरुलाई प्रोत्साहित गर्नको लागि सित्तैमा अण्डा, स्टोर कुपन र किरानाको सामान छुटमा बाडिरहेको छ ।यसको फाइदा पनि त्यहा देखिएका छन् र भ्याक्सिन अभियानमा पनि तेजरुपमा अघि बढिरहेको छ ।

चिनमा भ्याक्सिनको विस्तारै सुरुवात पछि ,अब हरेकदिन लाखौँ मानिसमा यो लगाईदै छ जसमा यि प्रस्तावहरुले महत्वपुर्ण भुमिका निभाईरहेको छ ।
चिनमा सबैभन्दा पहिला २०१९ मा कोरोना संक्रमित बिरामिको पहिचान भएको थियो ।

वुहानको अस्पतालमा ज्वरो,खोकी श्वास फेर्नमा कठिनाई भएपछि मानिसहरुमा यो भाईरसको जानकारी भएको थियो ।सरकारले जनवरी २०२० मा संक्रमण फेरी फैलेको कारणले २ महिना भन्दा बढी समयसम्म शहर र हुबेई प्रान्तमा लकडाउन गरेको थियो ।

चिनमा कडा सिमा नियन्त्रण र द्रुत लकडाउनको माध्यमबाट भाइरसलाई नियन्त्रण गरिएको छ । जब संक्रमण कम हुन्छ त्यो बेलामा लकडाउनमा अलि छुट दिइन्छ र बढेको बेलामा फेरी कडा गरिन्छ ।

संक्रमण कम भएको कारणले प्राय मानिसहरु खोप लगाउन नचाहाने भएकाले सरकारले मानिसहरुलाई प्रस्ताब दिएर खोप लगाउन आकर्षित गरिरहेको छ ।