रोचक

म्याग्दीको खयर बराही क्षेत्रमा फेला पर्याे दूध कुण्ड

गलेश्वर म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो ।

स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनु भयाे ।

गत असोज ४ गते शनिबार कुण्ड फेला परेको उहाँले बताउनुभयाे । यहाँको प्रमुख आर्कषण अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित खयरताल र नजिकै रहेको खयर बाराही मन्दिर हो ।

खयरबराह ताल नजिक रहेको मन्दिरका साथै आसपासका चार वटा सहायक मन्दिरमा पूजा गरेपछि तालमा पुगेर आफ्नो नाम दिएर चर्को स्वरमा बर माग्ने प्रचलन रहेको छ । रासस

Related Articles

Back to top button
Close