अमेरिका पुगेपछि पनि सदिक्षा बास्तोलालाई ध म्की, ‘दाईको लागि न्याय माग्दा’ मैले यस्तो भोग्नुपर्यो भन्दै फेसवुक लाइभमा आएर सुनाइन् घटना (भिडियो हेर्नुस्)

भिडियो

काठमाडौ

आफ्नो दाईको शंकास्पद निधन पछि प्रहरीको लापरवाही विरुद्ध आवाज उठाएकी सदिक्षा बास्तोला अहिले अमेरिका पुगेकी छन् । उनले अमेरिका पुगेर पनि आफ्नो दाईको घटनालाई नियालीरहेको बताएकी छन् । अमेरिका पुगेर उनले फेसवुक लाइभ गर्दै उनले आफ्नो दाइको घटनालाई

अहिले पनि नियालीरहेको बताएकी छन् । उनले आफु अमेरिका पुगेपछि पनि आफ्नो गाउँ उर्लावारीमा फेरी पनि घटना भइरहेको बताएकी छन् । उनले उर्लावारीमा न्याय दिनुपर्ने ब्यक्ति नै पी ड क भएका कारण चाहेर पनि अप्ठेरोमा परेकाहरु बोल्न नसकेको आफुले पाएको बताइन् । धेरै ब्यक्ति म

जस्तै अन्यायमा परेको हुनुहुदो रहेछ मैले आवाज उठाएपछि धेरै ब्यक्ति मेरो घरमा आउनुभयो, उनले भनिन्, सत्यता देखेर नै होला मलाई सहयोग गर्न आउनुभयो । उहाँहरुलाई म यहिँवाटै धन्यवाद दिन चाहन्छु । उनले आफ्नो दाईको घटनामा अझै कानुनी प्रकृया भइरहेको बताएकी छन् ।

उनले आफ्नो पढाई पुरा गर्न बाँकी भएका कारण आफु अमेरिका पुगेको भएपनि पढाइ सकेपछि नेपालमै फर्कने बताएकी छन् । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन अमेरिका फर्किएकी उनले रहरी प्रशासनलाई आच्छु पारेकी थिइन् । उनको दाईको संकास्पद निधन पछि पनि प्रहरीले

घटना अनुसन्धानमा लापरवाही गरेपछि उनले आन्दोलन सुरु गरेकी थिइन् । प्रहरी लापरवाही उनले उनले प्रत्यक्ष फेसवुक लाइभ मार्फत देखाइदिएपछि उनका पक्षमा सर्वसाधारण उर्लिएका थिए ।