काठमाडौंमा भयानक हुरीबतास, एकै छिनमा बन्यो अन्धकार, जनजीवन प्रभावित

समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा ठूलो हावाहुरी आएको छ । राति सवा ९ बजेबाट एक्कासी हुरी चल्न थालेको हो । हुरी चलेसँगै धेरै ठाउँको विजुली बत्तिसमेत कटेको छ ।

हावाहुरीसँगै काठमाडौंको जनजीवनसमेत प्रभावित बनेको छ । मेघ गर्जनसमेत भैरहेको छ ।

कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन् । देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

यसै क्रममा बिहीबार पोखरा दिउँसै अध्यारो भएको छ। पाँच नबज्दै पोखरा अध्यारो भएको हो। वायु प्रदूषणको कारण चैतको पहिलो सातादेखि नै नेपालभर तुवालो लागेको छ। तुवालोको कारण भिजिविलीटी कम हुँदा नियमित उडान हुनु पर्ने जहाज पनि उडेका छैनन्।

पोखरा विश्वविद्यालयको वायु गुणस्तर सूचांकांकमा वायु गुणस्तर वैशाख १ गते २४ घण्टामा १८०, गण्डकी बोडिङ पोखराको वायु गुणस्तर सुचाकांकमा वायु गुणस्तर १८२ देखिएको छ।

सबै सहरका वायु गुणस्तर स्वास्थ्यका लागि हानिकारक अवस्थाको छ। २०७८ को वैशाख २ गते पनि वायुको गुणस्तर उस्तै अवस्थामा रहेको नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको वातावरण विभागको अनलाइन एयर क्यालिटी मनिटरिङको रिपोटमा देखिएको छ।