सिडिओ कार्यालय गुल्मीका १४ कर्मचारी सवार जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृ त्यु

समाचार

काठमाडौ

गुल्मीबाट प्युठानको स्वर्गद्वारी तीर्थस्थल जाँदै गरेको गएको जिप दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु१ ज १६५५ नम्बरको जिप

स्वर्गद्वारी नगरपालिका-३ तीनरुम्ले र धरमपानीको बीच जंगलमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको झिमरुक प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बुद्धि रानाले जानकारी दिए।

जिपमा १४ जना सवार भएको र मृ त्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

यो अर्को समाचार, इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि सुरु हुने भएको छ। नयाँ वर्षसँगै रोजा पर्व सुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन्। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि

सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बुधबार बिहान ४:१५ बजेबाट बेलुका ६:२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्। रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।