सानै उमेरमा ठुलो प्रगति गरिन अभिनेत्री जान्वीले, आमा श्रीदेवीको निधन पछि बहिनी र बुबालाई खुशी राख्नकै लागि किनिन् कार र बंगला जस्तो घर

मनोरंजन

काठमाडौं

बलिउडमा पछिल्लो समयकी हट केक नायिका हुन् जान्वी कपुर । चलचित्र ‘धडक’बाट बलिउडमा प्रवेश गरेकी जान्वीलाई अहिले मिडियाले पछ्याइरहेको छ । उनको करिअरसँगै व्यक्तिगत जीवनको विषयमा पनि विभिन्न समचारहरु

आइरहेका हुन्छन् । बलिउड अभिनेत्री जान्वी कपुरले तीनवटा फिल्ममा मात्र काम गरेकी छिन । तर उनले मुम्बईस्थित जुहुमा आफ्ना लागि ३९ करोड भारतीय रुपियाँ ९नेपाली ६२ करोड भन्दा माथि० को घर खरिद गरेकी छन् । ३ हजार ४

सय ५५ स्क्वायर फिटमा फैलिएको जान्वीको घरमा तीन फ्ल्याट रहेका छन् । २३ वर्षको उमेरमै यति महँगो घर खरिद गरेपछि मानिसहरु चकित परेका छन् । यो समाचार पलपल इन्डियाको अनलाइन संस्करणमा प्रकाशित छ अभिनेत्री

स्व। श्रीदेवी तथा निर्माता बोनी कपुरकी जेठी छोरी जान्वी हाल आफ्ना पिता तथा बहिनीका साथ लोखन्डवालामा बस्छिन्। केही समयअघि नेटफिल्क्सको घोस्ट स्टोरिजमा देखिएकी जान्वी त्यसभन्दा पहिले करण जोहरको ब्यानरमा

बनेको गुजन सक्सेनाः द कारगिल गर्लमा देखिएकी थिइन्। अब जान्वीको नयाँ फिल्म रुही अफजा रिलिजकोे तयारीमा छ। उनी हाल गोवामा छुट्टी मनाइरहेकी छिन् । त्यस्तै मिडिया रिपोर्टका अनुसार जान्वी चलचित्र ‘धडक’का नायक ईशान

खट्टरसँग प्रेम सम्बन्धमा छिन् । तर, यो कुरालाई न जान्वीले स्विकारेकी छिन् न त ईशानले नै । उनीहरुको प्रेम हल्लै हल्लामा सिमित भएको छ । यस्तैमा, जान्वीले एक अन्जान केटासँग डेट गरेको

खुलासा गरेकी छिन् । हालै दिएको एक अन्तर्वार्तामा उनले यस कुराको खुलासा गरेकी हुन् । एक सुपरमार्केटमा भेटिएका युवासँग उनले डेट गरेकी थिइन् ।