पेट दुखेर अस्पताल पुगेकी सरिताको एक्कासी आयो मृत्यु खबर, अस्पतालले गरे यतिसम्मको लापरवाही, परिवार र आफन्तले लगाए यस्तो गम्भीर आरोप (भिडियो)

भिडियो समाचार

काठमाडौँ

काठमाडौँको बानेश्वरस्थित भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले बिरोध गरेका छन् । गएराती उपचारको क्रममा भेनस

अस्पताल ल्याइएकी सरिता कार्कीको आइतबार बिहान मृत्यु भएपछि विरोध गरेका हुन । आफन्त पक्षले भने अस्पतालको लापरबाहीका कारण सरिताको मृत्यु भएको

आरोप लगाएका छन् । यो दृश्य हो, काठमाडौँको मध्यबानेश्वरस्थित भेनस अस्पतालको । दोलखा घर भई मैतीदेवीमा बस्ने २६ वर्षीया सरिता कार्कीको उपचारका क्रममा

मृ त्यु भएपछि परिवार र आफन्तले यसरी आक्रोश पोखेका हुन् । दिनभरि आफ्नै कपडा पसलमा बसेकी सरितालाई एक्कासी बान्ता भएपछि शनिबार राति भेनस अस्पताल

ल्याइएको थियो । आफन्तका अनुसार उनलाई ल्याउँदा अस्पतालमा चिकित्सक थिएनन् । मध्यरातमा अस्पताल प्रशासन र चिकित्सकको अलमलले सरिताको

ज्यान गएको परिवार र आफन्तको आरोप छ । परिवारका सदस्यका अनुसार ढिलोगरी आइपुगेका चिकित्सकको लापरबाहीका कारण सरिताको मृत्यु भएको हो ।

बान्ता भएर सामान्य अवस्थामा अस्पताल ल्याइएकी उनलाई चिकित्सकले गलत औषधी दिएको उनीहरूको भनाइ छ । भेनस अस्पतालले बिरामीको जीवनमाथि खेलबाड

गरेको यो पहिलोपटक होइन । चिकित्सकको लापरबाहीका कारण यसअघि पनि बिरामीको मृ त्यु भएको थियो । पटक–पटक यस्ता घटना हुँदा पनि अस्पतालले

लापरबाही दोहोर्याइरहेको छ । लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकाय पनि गम्भीर बन्नुपर्छ ।

भिडियो