मोटरसाइकल र चितुवा आपसमा ठो’क्कि’एपछि…

समाचार

काठमाडौँ

भारतको राजस्थानमा मोटरसाइकलले एक चितुवालाई ठ’क्क’र दिएको छ। गत मार्च २७ मा जयपुरस्थित रान्थमबोर नेसनल पार्कमा तीन जना सवार बाइकले

चितुवालाई ठ’क्क’र दिएको हो। टाइम्स अफ इन्डियाका अनुसार बाइकमा सवार मानिसहरु गणेश मन्दिर रोड हुँदै अड्डा बालाजी मन्दिर पुजाको सिलसिलमा जान

खोजेका थिए। भक्तालु सवार बाइक र बाटो काट्न खोजिरहेको चितुवा ठोक्किएपछि बाइकसँगै मानिसहरु तथा उक्त चितुवा लडेका थिए। यस दुर्घटनामामा

परेर तीनै जना सामान्य घाइते भएका छन्। संयोग यो सबै घटनाको फोटो खिच्न एक फोटोग्राफर सफल भएका छन्। मुम्बईका वाइल्डलाइफ फोटोग्राफरले

खिचेका तस्बिरहरु यतिबेला सामाजिक सन्जालमा भाइरल भएका छन्। दुर्घटनापछि चितुवा मान्छेलाई आ’क्र’म’ण नगरी जंगल तिर भागेको थियो।

यो पनि;- नेपाल–खनाल समूहको काठमाडौँ जिल्ला स्तरीय भेला, समानान्तर समिति घोषणा हुने। नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ

खनालले काठमाडौँ जिल्लामा समानान्तर जिल्ला कमिटी घोषणा गर्ने भएको छ। त्यसका लागि आइतबार उक्त समूहले काठमाडौं जिल्लास्तरीय भेला बोलाएको छ।

भेला अहिले सुरु भएको र भेलामा वरिष्ठ नेता नेपाल र खनालसहित स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने कार्यक्रम रहेको एक नेताले बताए।

शनिबार नेपाल खनाल पक्षले ‘पार्टी एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ दुई महिने संगठन बिस्तार र सुदृढीकरण

अभियान घोषणा गरेको थियो। नेपाल खनाल पक्षले यसअघि गण्डकी प्रदेशका सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लामा समानान्तर समिति घोषणा गरिसकेको छ।