पेन्सनवाला लाहुरेले बुढेशकालमा आफ्नी जीवनसाथीलाई गर्न हुने नहुने सबै कुरा गरेका रहेछन् , के हुन लागेको यस्तो, हेर्नुहोस् भिडियो

भिडियो समाचार

चितवन

साउदीमा गएर नफर्किएका श्रीमनको पर्खाईमा उनकी ५० वर्षीया श्रीमती दुर्गा जिसी अहिले पनि घरमा कुरेर बसेकी छन् । २०६३ सालमा साउदी

गएका उनका श्रीमान २०७७ साल लाग्दासम्म केवल ३ पटक घरमा आएका रहेछन् । त्योपनि आफ्नो बुवाको किरिया गर्नकोलागी । उनी यति

निष्ठुरी भए की आफ्नी दुई वटी छोरीको विबाहमा समेत आएनछन् विदेशबाट । यतिका लामो समयसम्मके उनी साँच्चै विदेशमै छन् त ? यो प्रश्न

आजपनि दुर्गाको मनमा रहीरहेको छ । बुढेसकाल लाग्न लाग्यो बैंस छंदै परदेसिएका श्रीमान घर नफर्कंदा कस्तो पिडा हुन्छ ? त्यसको दुखाई केवल

दुर्गा र उनी जस्तालाई मात्र थाहा हुने कुरा हो । आज आउलान् भोली आउलान् पर्सी त पक्कै आउलान् भन्दै बिहानको उज्यालो भएसंगै

झिसमिसे साँझ परेर रात नपर्दासम्म बाटो हेरी बस्दाको त्यो छट्पटी कस्तो हुन्छ केवल दुर्गा र उनी जस्तैलाई मात्र थाहा हुने कुरा हो । काखभरी

भएका छोरीहरुले उमेर पुगेसंगै अर्काको घरमा बिहे गरेर गएपछि त्यो सिंग्गै घरमा एक्लै बस्दाको पिडा कस्तो हुन्छ त्यो केवल दुर्गा र उनी जस्तैलाई मात्र

हुने कुरा हो । दुर्गाको भनाई अनुसार जब उनका श्रीमान ससुराको किरिया गर्नकोलागी आएका थिए त्यो बेला उनले नजान भन्दै बाटो छेकेकी

रहिछन् । तर त्यतिबेला उनका श्रीमानले ‘म घर बसे कस्ले कमाउँछ र ?’ भन्दै दुर्गालाई पञ्छ्याएर गएका रहेछन् । न श्रीमान न त श्रीमानको कमाई ।

दुर्गासंग छ त केवल श्रीमान आउँछन् कि भन्ने एउटा झिनो आशा । भनिन्छ सास छन्जेलको आश भनेर दुर्गालाई पनि त्यही

नै भई रहेको छ । किन उनका श्रीमान उनीदेखि सम्पर्क बिहीन छन् यो कुराको खबरदेखि उनी अनभिज्ञ नै छिन् ।

भिडियोसहित