रोचक

हिन्दू संस्कारमा आफूभन्दा ठुलालाई कसरी आदार गर्ने, हेर्नुहोस् यस्ता छन् टिप्स

सनातनी हिन्दू संस्कारमा आफूभन्दा उर्जावान,मान्यजनलाई अभिवादन गर्ने प्रकृया यस्ता छन्- १. दुई हत्केला जोडेर नमस्ते, २. हातमा निधारले स्पर्श, ढोग, ३. शिरमा हात राखीमागेर ढोग लिने, ४. निहुरिएर हातले खुट्टाको स्पर्श गर्ने, ५. निहुरिएर खुट्टामा निधारले ढोग्ने, ६. लम्पसार परेर साष्टांङ्ग दण्डवत गर्ने।

यी सबै अभिभादनले मान्यजनप्रतिको अनुजको सम्मान र अनुजप्रतिको मान्यजनको स्नेहको परम्परा कायम गर्दै लगेको हो।समाजमा तनाव, असहयोग, विखण्डन भनेको अन्तरनिर्भरता, आपसी सम्मान र माया, सामाजिक पारिवारिक भावमा निरन्तर स्खलन, एकलबादी सोचका कारणले नै बढ्दै गएको हो। मानिस सबैभन्दा बिकसित, जटिल, परिवारबादी प्राणी हो, बिना परिवारिक वातावरणमा उ निस्सासिन्छ।

निस्सासिएको, भित्तभित्रै एक्लोपन भएको, परिवारबाट टाढिएको मान्छे अनेकौं शारिरीक, मानसिक, दिमागी र सामाजिक रोगको भकारी बन्दै जान्छ। जति आधुनिकताको कुरा गरे पनि मानिसको मन मानवजाति यो पृथ्वीमा सृष्टि भए देखि उही नै छ, कुनै नयॉ ईभोलुशन भेएको छैन।त्यसैले हाम्रा गुणकारी बैज्ञानिक अभिभादनका तरिका र परम्पराहरूको जगेर्ना गरिरहनुपर्छ, आफूलाई जे अभिभादन उचित लाग्छ त्यो गर्ने गर्नुपर्छ।

उर्जा शिरबाट प्रवेश गरेर खुट्टा र हातका औलाबाट निकास गर्छ। त्यसैले खुट्टा वा हातमा स्पर्श गरेर अभिवादन गर्नु सबैभन्दा उत्तम हो, वैदिक विज्ञानका अनुसार!हाम्रा नाता अनुसारका सुसंस्कारित अभिवादनका बिरूद्ध बकबक गर्ने उरन्ठेउले सामाजिक सद्भाव बिरूद्ध लागिरहने आधुनिकबादीहरूको बर्बराहटपछि कोही लाग्नु हुदैन, किनभने तिनलाई शरीरको उर्जा प्रवाह र स्पर्श विज्ञानको कखग पनि थाहा हुदैन। जे कुरा थाहा छैन त्यसमा पनि जान्ने पल्टने कुतर्केहरूप्रति बिचरासम्म भनेर नजरअन्दाज गर्दा हुन्छ।

हरेक मानिसमा उर्जाको परिमाण फरक फरक हुन्छ। बढी उर्जा भएकाको खुट्टा स्पर्श गर्न, त्यो पनि निधारले गर्न पाउनु अहोभाग्य हो, नभए हातले छुन सम्म पाए पनि भाग्य नै हो। नभए दर्शन गर्न सम्म पाउनु पनि ठूलो कुरा हो। अधिकॉश गुरूहरूले सबैलाई खुट्टा छुन दिदैनन्, छुने मान्छे त्यसलायक पनि हुनुपर्छ। जति धेरै मान्छेले छोयो त्यति धेरै पटक गुरूहरू उर्जा अभिबृद्धि गर्न पुन: पुन: स्नान गर्ने गर्छन्। पटक पटक स्नान गर्न पर्ने भएकोले सबैलाई छुन दिन ब्यावहारिक पनि हुदैन। तर जसलाई छुन दिन्छन् त्यो उसको भाग्य हो भनेर बुझ्नुपर्छ। उसले आफूमा गुरुको उर्जा प्रवाहित भैसकेको छ भनेर महसुस गरिरहेको हुन्छ। उर्जा ग्रहण गर्न अति सम्मान गर्नुपर्ने ब्यक्ति वा गुरूको गोडा स्पर्श गर्ने मौका पाएसम्म गरिहाल्नु पर्छ।

भिम उपाध्यायको फेसबुकबाट

Related Articles

Back to top button
Close