महिला सैनिकले पुरुषको अण्डरवेयर लगाउनु नपर्ने, अब महिलाकै लगाउन पाउने

समाचार

काठमाडौं

स्विट्जरल्याण्डका महिला सैनिकहरुले पुरुषको अण्डरवेयर लगाउनुपर्छ । तर, अब छिटै यो नियममा परिवर्तन गरिने भएको छ । अब स्विस

महिला सैनिकहरुले महिलाकै अण्डरवेयर लगाउन पाउनेछन् । सेनामा महिलाको भर्ती बढाउने यस्तो निर्णय गरिएको हो । अहिलेसम्म भने सेनाको

लागि निर्धारित पोसाकमा अण्डरवेयर पुरुषको मात्र स्वीकृत छ र महिलाले पनि पुरुषकै अण्डरवेयर लगाउनुपर्छ । बीबीसीका अनुसार

महिला सैनिकलाई महिलाकै अण्डरवेयर लगाउन दिने कामको सुरुवात अर्को महिनादेखि हुनेछ । पहिलो चरणका महिलाहरुलाई जाडो र गर्मी

महिनाको लागि फरक फरक किसिमका अण्डरवेयरको सेट दिइनेछ । अहिले स्विस सेनामा महिलाको सहभागिता १ प्रतिशत मात्र छ । २०३०

सम्म यो संख्या १० प्रतिशत पुर्याउने गरी देशले नयाँ नियम ल्याउन लागेको हो । स्विस नेशनल काउन्सिलकी सदस्य मरियन बिन्डरका अनुसार

महिलाहरुलाई अधिक उपयुक्त अण्डरवेयर दिइँदा महिलाहरु सेनामा भर्ना हुन प्रोत्साहित हुने अपेक्षा गरिएको छ । ‘कपडाहरु पुरुषका लागि डिजाइन

गरिएका छन् तर यदि सेना अझै महिलामैत्री हुन चाहन्छ भने उचित मापदण्ड आवश्यक हुन्छ’ उनले भनिन् । महिला सैनिकहरुलाई अहिलेसम्म

पुरुषका लागि बनेका अण्डरवेयर दिइन्छ जुन उनीहरुलाई ठूलो र असहज हुन्छ । सेनाका प्रवक्ता काज गुनार सिएभर्टले स्विजरल्याण्डको समाचार

वेबसाइट वाटसनसँग कुरा गर्दै महिलाहरुलाई लागि नयाँ स्वीकृत गर्न लागिएको अण्डरवेयर जाडोका लागि लामो र गर्मीको लागि छोटो हुने

बताएका छन् । देशका रक्षा मन्त्री भिओला एमहर्डले पनि यो निर्णयको स्वागत गरेका छन् । अहिले सेनाको लागि स्वीकृत पहिरन १९८० को दशकको मध्यमा स्वकिृत गरिएको थियो ।