Exclusive:”दूतावासकै सहयोगमा चिनियाँ नागरिक एटिएम ह्याक गर्न काठमाडौंमा”, यसरी समात्यो नेपाल प्रहरीले

समाचार

काठमाडौं

बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्दा पक्राउ परेका चिनियाँ नागरिक  चिनियाँ दूतावासकै सहयोगमा काठमाडौं आएको

खुलेको छ । नेपालको राजनीतिमा प्रभाव राख्नमा व्यस्त चिनियाँ दूतावासको गैरजिम्मेवारीपनका कारण चोर मनसायका चिनियाँ नागरिक सहजै

काठमाडौं पुग्न पाए । कस्तो मानसिकता बोकेर, कस्तो पृष्ठभूमि बोकेको व्यक्ति नेपाल आउँदैछ भनेर चिनियाँ दूतावासले जानकारी दिएन । सहजै

चिनियाँ दूतावासकै सहयोगमा नेपाल आउन पाउँदा चिनियाँ नागरिकको चोरी मनोबल अझ बढ्यो । फलस्वरुप आफ्नो देशको शक्तिशाली

राजदूतावासको आडमा आएको ३ घण्टामै एटिएम ह्याकजस्तो चोरीजन्य अपराधमा उत्रिहाले । अहिले नेपालमा चिनियाँ प्रभाव जबरजस्त छ ।

राजनीतिमा जसरी चिनियाँ नेतृत्वको आँखा छ त्यसैगरी नेपालका एटिएममा चिनियाँ नागरिकको नजर छ । जसलाई चिनियाँ दूतावासले वेवास्ता

गरेर अघोषित रुपमा सघाइरहेको छ । विगतमा पनि सय भन्दा बढी नागरिक काठमाडौंमा बसेर नेपाली बैंकका एटिएम ह्याक गरेर करोडौं रुपैयाँ

लुटेर लगिसकेका छन् । जसमा चिनियाँ राजदूत मुकदर्शक बन्यो । चीनका लागि नेपाल सरकारले ति अपराधीलाई त्यसै छोड्यो अर्थात जिम्मा

लगायो । कारवाही के भयो अत्तो पत्तो छैन । अहिले फेरि उहि अपराध दोहोरिँदा चीनले उनीहरुलाई संरक्षण गरेको आशंका पैदा भएको छ ।

मंगलवार पक्राउ परेका चिनियाँ नागरिक २९ वर्षीय वाङ सिओल ओङ अस्वभाविक रुपमा एटिएमबाट पैसा निकाल्न लाग्दा महानगरीय प्रहरी

परिसर काठमाडौँ र वृत्त दरबारमार्ग खटिएको प्रहरी टोलीको फन्दामा परे । काठमाडौँ महानगरपालिका– २७ ज्याठास्थितमा मेगा

बैंकको एटिएम मेशिनको पिन नम्बर ह्याक गरी नगद निकाल्न खोज्दै गर्दा मङ्गलबार साँझ पक्राउ परेका उनलाई बुधवार सार्वजनिक गरियो । यहाँको

एक होटलस्थित ४०५ नम्बर कोठामा बस्दै आएका उनका साथबाट मोबाइल चार थान, विभिन्न किसिमको १० वटा चाबीसहितको झुप्पा, विभिन्न

बैंकका एटिम कार्ड १० थान, ड्रिल मेसिन, पेनड्राइभ, हिडन क्यामेरा चार थान, चिनियाँ ऐन दुई हजार ३८२, अमेरिकी डलर ६५ र दुई हजार

१०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई बैंकिङ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी

वृत्त दरबारमार्गमा डिएसपी रामेश्वर पौडेलका अनुसार मार्च १० तारिकमा पर्यटन भिसा लगाएर ९० दिन नेपाल बस्ने अनुमति लिएर उनी काठमाडौं

झरेका थिए । पक्राउ परेका चिनियाँ नागरिकले आफूले एटिएमको सिरियल नम्बरबाट खिचेर लग्ने योजनमा छिरेको प्रहरीमा प्रारम्भिक बयान दिएका

छन् । प्रहरीको आफ्नै अनुसन्धान र प्राविधिक टोलीसँग बुझ्दा पक्राउ परेका चिनियाँ नागरिकले सिरियल नम्बर खिचेर चिन पठाएपछि त्यहाँको

गिरोहले थप एटिएम ह्याकको प्रक्रिया सुरु गर्ने खुलेको छ । यसअघि पनि दरबारमार्ग, ठमेल, लाजिम्पाट

लगायत क्षेत्रबाट एटिएम ह्याक गरेको अभियोगमा सयभन्दा बढी चिनियाँ नागरिक समातिएका थिए ।