मुन्द्रेको कमेडी क्लबमा पुगेर ‘फुलबुट्टे सारी’ गाउने अफ्रिकन गायिका करिश्मासँग छमछम नाचिन्

भिडियो मनोरंजन

काठाडौँ

‘फुलबुट्टे सारी’ गाएर चर्चामा आएकी युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासी मुन्द्रेको कमेडढी क्लबमा गएकी छिन् । निकै रमाइलोसँग नेपाली

बोल्न सक्ने यि गायिकाले मदनकृष्ण श्रेष्ठलाई र मिलन नेवारको स्वरमा भाइरल बनेको गीत । ‘फुलबुट्टे सारी’ गाएपति रातारात चर्चा पाइन् । गीतको

लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले गीत गाएको सुने पछि मदनकृष्णलाई भेट्न मन लागेको र त्यो इच्छा पुरा भएपछि

उनी अहिले मुन्द्रे को कमेडी क्लबमा पुगेर रमाइलो गरिरहेको भिडियो बाहिरिएको छ । भिडियोमा उनले करिश्मा मानन्धर, मुन्द्रे, लगायतका कलाकारहरुसँग

रमाइलो गरिरहेको देख्न सकिन्छ । लकडाउनपछि नेपाली सांगीतिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतले विश्वभरका

नेपालीहरुलाई मन्त्रमुग्ध बनायो ।तर, यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन

वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको भिडियोलाई ४० लाख बढी पटक हेरिएको छ । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ ।

हेनुृहोस् यो रमाइलो भिडियो