प्रेम बिबाह गरि भित्राएको श्रीमतीले बुढेसकालमा घर फर्कदा श्रीमती अर्कैसँग टाप कसिन, १२ वर्ष सम्म विदेशमा कमाइको सबै सम्पत्ति नाठोलाई खुवाएपछी श्रीमान् रुदै रुदै मिडियामा (भिडियो सहित)

भिडियो समाचार

काठमाडौँ

विवाह भएको वर्षौ भयो । दुई छोरा र एक छोरी हुर्कीसके । दुई छोरा मध्य एक छोरा २२ र अर्का १४ वर्षका छन्, छोरी २४ वर्षकी भइसकिन् । उनीहरुको

विवाह गर्नुपर्ने वेलामा श्रीमती जिवन परियारसंग हिडेपछि पुरुष अहिले रुँदै मिडियामा आएका छन् । जसका लागि दुख गर्न भन्दै विदेश गएका थिए उनै परिवारले

वुढेसकालमा यस्तो धोका दिएपछि उनलाई वि ष खा उँ की भनने लाग्छ, उनले दुख मनाउ गर्दै भनेका छन् । कहिले काँही त जिवन नै सकिदिउँ की जस्तो लाग्ष्छ,

उनले भने १२ वर्ष विदेशमा बसेर कमाएको सम्पत्ती पनि छैन श्रीमती पनि छैनन् । १२ वर्ष विदेशमा बसेका श्रीमानले जव अब म घर आउँछु पैसा पठाउन

सक्दिन भनेर खबर पठाएपछि श्रीमान घर आइपुग्नु पहिले नै श्रीमतीले घर छोडेकी छन् । उर्लावारी ४ आइतवारीका मोहनको यस्तो अवस्था भएको हो । उनको

श्रीमती हराएको एक महिना हुन लागेको छ । नेपाल आएको भोलीपल्टैवाट उनी श्रीमती खोज्न हिडेका छन् । दुवई, कतार र साउदी गर्दै उनी १२ वर्ष विदेशमै

विताए । अब बुढेसकालमा परिवारसंग बसेर सुखको दिन गुजारौंला भन्ने बेलामा श्रीमती खोज्दै हिड्नु परेको उनको गुनासो छ । छोराछोरी हुर्किकसकेका

छन्, अब ज्वाई, वुहारी ल्याउने बेलामा आफै गाउँकै पुरुषसंग हिडेको उनको भनाई छ । अब बैंकमा पैसा छ, यति पैसा भएपछि अब घर बनाएर बसौंला भनेर

अघिल्लो दिन श्रीमतीसंग यस्तो योजनाको कुरा भएको थियो । तर भोलीपल्टै श्रीमती सम्पर्क विहिन भएको उनको भनाई छ । दुखमा साथ दिएकी

श्रीमती हो, घरमा पैसा नहुँदा कति दुख सहेकै हो तर अब घरमा भरीपुर्ण भएपछि किन गल्ती गरेर श्रीमती हिँडी, श्रमिानले के भन्ला भन्ने लागेको हो भने पनि म माफी

दिएर स्वीकार गर्छु । समाजलाई पनि मैले नै सम्झाउँछु उनले आफ्नो पी डा पोख्दै सुनाए । उनले दुखमा साथ दिएकी श्रीमतीलाई अब सुखको दिन बिताउने बेलामा उही श्रीमतीको साथ खोजेको बताए ।

हेर्नुहोस भिडियो