बिहेको खर्च बचाएर त्यही पैसाले घर किने, बिहेमा ३ जना मात्र पाहुना बोलाएका थिए

समाचार

काठमाडौं

एक जोडीले घर किन्नको लागि पैसा बचाउने फैसला गरेर आफूहरुको बिहेमा भारी कटौती गरे । बेलायतका जोडी बेथ बेट्स र ज्याकको बिहेमा

केवल ३ जना पाहुना आए । उनहिरुको फोटो समेत अन्जान मानिसहरुले खिचिदिए । सामाजिक संजालमा यो जोडकिो कहानी निकै

रुचाइएको छ र अत्यन्तै शेयर भइरहेको छ । द सनको रिपोर्टअनुसार बेहुलीले आफ्नो विवाहको पहिरन समेत मात्रै २० पाउण्डमा किनेकी थिइन् ।

सामान्य समयमा बेलायतमा एउटा बिहेमा ३० हजार पाउण्ड (४८ लाख रुपैयाँ) खर्च हुन्छ । तर, यो जोडीको बिहेमा भने ४ सय पाउण्ड मात्र खर्च

भयो । बिहेमा पैसा बचाएपछि यो जोडीले त्यो पैसाले बेलायतको एसेक्समा तीन बीएचकेको फ्ल्याट नै किने । बेथका अनुसार बिहेअगाडि

उनीहरुको एउटा छोरा पनि जन्मिइसकेका थिए । उनीहरु दोस्रो बच्चा हुनुभन्दा पहिले घर लिन चाहन्थे । बेथका अनुसार परिवारले उनीहरुलाई

बिहेमा विभिन्न व्यवस्था गर्नको लागि निकै दबाब दिएका थिए जबकि पहिले उनीहरुलाई यसको अनुमान सम्म थिएन । परिवारले टाढाका

नातेदारलाई पनि बोलाउन भनेका थिए । बिहेमा मदिराको व्यवस्था गर्न पनि दबाब दिएका थिए । बेथले बिहेको निर्णय गरेको ४ महिनापछि आफ्ना

आफन्तहरुलाई आफ्नो हिसाबले आयोजना गर्ने बताइन् । यसबाट आफन्तहरुलाई निकै झट्का लाग्यो तर यो जोडीका मातापिता भने खुसी थिए ।