रोकिएन ब्रो’कर’को ब’दमा’सी, ब्रो’कर नम्बर ३७ वि’रु’द्ध उजुरी !

समाचार

काठमाडौँ

ब्रो’कर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटिज प्राइभेट लिमिटेडले सेयर बिक्री गरेको रकम एक महिनासम्म नदिएकाे भन्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा

उजुरी परेको छ । हेटौंडा निवासी सुनिता पण्डितले आफूले फागुन ११ गते बिक्री गरेकाे सेयरकाे रकम ३२ दिनमा प्राप्त गरेकाे बताउँदै लामो समयसम्म भुक्तानी

नपाउँदा आफूले थप आर्थिक क्षति व्यहोर्नु परेको क्षतिपूर्ति समेत माग गरेकी छिन् । यसरी भुक्तानी प्रकृया ढिलाे हुँदा आम सर्वसाधारण सेवाग्राहीमा

समेत समस्या पर्ने हुँदा आवश्यक कारबाहीका लागि पनि उजुरीद्वारा माग गरिएकाे छ । नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले माघ ११ गते आइतबारबाट नै

सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ लागू गरेको भएतापनि ब्रोकर कम्पनीहरुले भने सेयर बिक्री गरेको रकम दिन ढीलाइ गर्दै आएका

छन् । ‘टी प्लस टू’ काे व्यवस्था लागू भएसँगै शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले सेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने

सेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको सेयर आइसक्नुपर्छ । यो पनि;- नेप्सेमा चन्द्रागिरी हिल्सको ओरालो यात्रा सुरु

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे दिनबाट निरन्तर बढ्दै गइरहेकाे चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडको सेयरमूल्य आज (चैत्र १६ गते, सोमबार)

भने ओरालो लागेको छ । आज (चैत्र १६ गते, सोमबार) काे प्रिसेसन काराेबारमा ४.९५ प्रतिशतले बढेकाे कम्पनीकाे सेयरमूल्य काराेबार सुरूवात भएकाे

केही मिनेटमै ओरालो लागेको छ । नियमित काराेबार सुरू भएकाे ५ मिनेट भित्रमै कम्पनीकाे सेयरमूल्य ४.०४ प्रतिशतले घटेर एक हजार ९ सय ९५

पुगेकाे थियाे । याे समाचार तयार पार्दासम्म कम्पनीकाे सेयरमूल्य ३९ रूपैयाँले घटेर २ हजार ४० रूपैयाँमा काराेबार भइरहेकाे छ भने कम्पनीकाे

सेयरमा ९ हजार भन्दा धेरैकाे माग देखिँदा ५ हजार भन्दा धेरै लगानीकर्ता बेच्न तयार देखिन्छन् । माघ २५ गते एक ६१ रुपैयाँमा धितोपत्रको

दोस्रो बजारमा कारोबार सुरू भएको कम्पनीको सेयर मूल्य गत बिहीबारसम्म निरन्तर बढिरहेको थियाे । कारोबारको २६ औँ दिनमा १ हजार रुपैयाँ पुगेको

कम्पनीको सेयर मूल्य एक सातामै दोब्बर भएर २ हजार भन्दामाथि पुगेको थियाे । कम्पनीको सेयर हरेक दिन जसो सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको थियाे ।