वनभोज गएका कञ्चनपुरका वडाध्यक्षको घाँटीमा ‘टर्कीको मासु’ अड्किएपछि …

समाचार

काठमाडौं

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–५ का ५० वर्षीय वडाध्यक्ष मदनबहादुर चन्दसहितको टोली चैत १३ गते वनभोज गएको थियो। शुक्रबार

कार्यालयको काम सकाएर वडाध्यक्ष चन्दसहित कार्यपालिका सदस्यहरु, वडा सचिव, कार्यालय सहयोगी गरि ८ जनाको टोली वेदकोट नगरपालिका–६

मा पर्ने चोरपानी भन्ने स्थानमा वनभोजको लागि प्रस्थान गरेको थियो। आउँदै गरेको होली पर्वको अवसरमा रमाइलो गर्ने उदेश्यका साथ सो टोली बास नै

चोरपानीमै बस्ने गरि वनभोजको लागि हिडेको थियो। तर वनभोज टोलीको त्यो रमाइलो साँझ क्षणभरमै तुहियो। शोकमा परिणत भयो। वनभोज टोलीमै

रहेका वडा सचिव नरबहादुर शाह भन्छन्, “त्यो दिन, म काम विशेषले धनगढी गएको थिएँ। तरन्तार फोन गरेर बोलाएपछि अबेर साँझ पुगेको थिएँ। त्यहाँ

पुग्दा मासु र सलाद मात्रै तयार थियो। सलाद र मासु खाँदै हुनुन्थ्यो। मसहित केहीले त खान पनि सुरु गरेका थिएनौ। मासु खान सुरु गर्नुभएका

वडाध्यक्ष ज्यूको एक्कासी घाँटीमा समस्या आयो। हामी उहाँको उपचारकै दौडधुपमा लाग्यौं।” वनभोजमा टर्कीको मासु;- वडा सदस्य राधिका थापाका अनुसार

वडाध्यक्ष चन्दसहितको टोली केही समयको अन्तरालमा रमाइलोको लागि वनभोज जाने गरेको थियो। त्यही क्रममा नजिकीएको होली पर्वको मौका छोपेर त्यो

टोली वनभोज गएको थियो। तर साँझ परेपछि वनभोजमा जान नपाएको तर पछि दुखद खबर सुनेको वडा सदस्य थापा बताउँछिन्। वनभोज गएको भोलिपल्ट

शनिबार विदा हुने हुँदा उनीहरुको बास त्यहै बस्ने र शनिबार फर्किने योजना रहेको थियो। तर मासु खाँदाको सानो असावधानीले वनभोजको रमाइलो पल

तुहिदै ठूलो अविस्मरणीय दुखद घटनामा परिणत भयो। घाँटीमा अड्किएको मासुले स्वासप्रस्वासमा समस्या भइ वडाध्यक्ष चन्दको मृत्यु भयो। सो

वनभोज टोलीले टर्की चराको मासु लगेको खुलेको छ। तर खानेक्रममा अड्किएर समस्या देखिएको वडा सचिव शाह सुनाउँछन्। जिल्ला प्रहरी कार्यालय

कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार वडाध्यक्ष चन्दको शनिबार महाकाली अस्पतालमा पोष्टमार्टम भएको थियो। अस्पतालको

पोष्टमार्टम रिपोर्ट अनुसार वडा अध्यक्ष चन्दको घाँटीमा मासु अड्किएको देखिएको प्रहरीले बतायो। घटनापछि वनभोजमा वडाध्यक्षसँगै रहेका वडा सचिव

शाहसहित ७ जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो। तर उनीहरुलाई शनिबार नै छोडिएको प्रहरी नायव उपरीक्षक थापाले बताए। वडा

अध्यक्ष चन्दको शनिबार नै दहसस्कार गरिएको बताइएको छ। यसैबीच भीमदत्त नगरपालिकाले नगरपालिका मातहतका कार्यालयमा चैत १५ गते शोक बिदा दिने निर्णय

गरिएको हो। वडाध्यक्षको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक स्वरुप बिदा दिने निर्णय गरहेको हो। सो चोरपानी पिकनिक स्थल वेदकोट नगरपालिकास्थित वेदकोट तालको माथि पर्दछ।

भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया हेर्न नबिर्सिनु होला। यो पनि पद्नुहोस;- रेष्टुरेन्टको बाथरुम गएकी मलाइकाले बाहिर निस्किँदा पाइन्ट माथि तान्न बिर्सिएपछि…

कोरोनाभाइरसको त्रास फेरि बढ्न थालेको छ । मास्क लगाउने, पटक पटक हात धुने लगायतका सतर्कताका उपायहरु धेरैले अपनाइरहेका छन् । बलिउड

अभिनेत्री मलाइका अरोराले पनि आफूसँग भएको एउटा रोचक घटना शेयर गरेकी छिन् । मलाइकाले लेखेकी छिन् ‘पहिले मानिसहरु घरमा आउँदा

हामीले नडराउनुस् हाम्रो कुकुरलाई भ्याक्सिन लगाइएको छ भन्थ्यौं । अहिले मानिसहरु आउँदा हामीले भन्छौं नडराउनुस् हामीले भ्याक्सिन लगाइसकेका

छौं । मलाइकाले अगाडि लेखेकी छिन् ‘हामी सबै क्रेजी भएका छौं । एक पटक म रेष्टुरेन्टको बाथरुममा गएकी थिएँ । मैले कुहिनाले ढोका खोलें । खुट्टाले

ट्वाइलेट सिट उठाएँ । टिस्युको सहयोगले धारा खोलें । हात धोएँ त्यसपछि बाहिर आउन कुहिनाले ढोका खोलें । जब म फर्केर टेबलमा आएँ त्यसपछि

मात्रै मलाई थाहा भयो कि मैले आफ्नो पाइन्ट माथि तान्न त बिर्सिएँछु ।’ मलाइकाले यससँगै लाफिङ इमोजी शेयर गरेकी छिन् । गएको सेप्टेम्बर ७

मा मलाइका कोरोना संक्रमित भएको पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइन भएकी मलाइका निको भइसकेकी छिन् । मलाइका फेसन सेन्स र

फिटनेस रुटिनका कारण पनि चर्चामा रहन्छिन् । मलाइकाको जिमबाहिर खिचिएका फोटो भाइरल भइरहन्छन् । व्यक्तिगत जीवनमा उनी अर्जुन कपूरसँग सम्बन्धमा छिन् । अर्जुनसँग उनी विभिन्न ठाउँमा देखिन्छिन् ।