प्रहरीको घरमा चोरी गर्न पसेका चोर घरधनीकी छोरीको कोठामा गएर सुतेपछि…

समाचार

काठमाडौं

कहिलेकाहीँ चोरीका विभिन्न अनौठा घटनाहरु भेटिन्छन् । चोरहरुका विभिन्न अनौठा हर्कतहरु सार्वजनिक हुन्छन् । यस्ता घटनाले अन्तर्राष्ट्रिय

स्तरमै चर्चा पाउँछन् । यस्तै विचित्र घटना पछिल्लो पटक थाइल्याण्डमा भएको छ । यहाँ एक चोर चोरी गर्नको लागि एउटा घरमा छिरे । तर, घरमा

एसी चलिरहेको पाएपछि आनन्दले सुत्नको लागि लोभिए र त्यहीँ सुते । यो कोठा घरधनीकी छोरीको थियो । टि न्यूज सुरिनका अनुसार घटना

थाइल्याण्डको सेन्ट्रल प्रान्तको हो । यहाँ २२ वर्षका एक युवक रातको २ बजे चोरी गर्ने नियतले घरमा पसे । तर, उनलाई निद्रा लागेपछि उनले

घरको एसी अन गरे र त्यहीँ भएको बेडमा सुते । बिहान जब घरमालिक उठे उनी चकित परे । कोठामा एसी चलिरहेको थियो र त्यहाँ बेडमा एक

व्यक्ति सुतिरहेका थिए । यो कोठा उनकी छोरीको थियो र त्यस दिन उनकी छोरी घरमा थिइनन् त्यसैले त्यो कोठा खाली थियो । मालिकले

झ्यालबाट हेर्दा छोरीको कोठामा अर्कै व्यक्ति सुतिरहेको देखेपछि पुलिसलाई बोलाए । जब ती चोरलाई उठाइयो उनी आँखा मिच्दै उठे र यस्तो

अभिनय गरे मानौं उनलाई केही थाहै छैन । रोचक कुरा त के भने जुन घरमा चोर समाथिए त्यो घर पनि पुलिसकर्मीकै थियो । रिपोर्टका अनुसार यी

चोरले त्यो घरबाट केही मूल्यवान सामान चोरी गरेका थिए । तर, यही क्रममा निद्रा लागेपछि चोर सुतेका थिए । उनको निद्राले उनलाई समस्यामा

पार्यो र उनी पक्राउ परे । पुलिसले अहिले सोधपुछ गरिरहेको छ ।