यी महिलाको इ’मान्दारीको सर्वत्र चर्चा ! १० करोड देख्दा लोभिइनन्, आफ्नो ३ सय मात्रै लिइन्

समाचार

काठमाडौं

१० करोड रुपैयाँ अगाडि देख्दा मानिसको इ’मान ड’गमगाउन बेर लाग्दैन । तर, एक महिलाले हातमा आइसकेको १० करोड रुपैयाँ देख्दा पनि आफ्नो

इमानदारीलाई ड’गमगाउन दिइनन् । उनले आफ्नो भागको ३ सय रुपैयाँ मात्रै लिइन् । घटना भारतको के’रलको हो । यी महिलाको नाम स’मिजा के

मोहन हो ।तिरुवनंतपुरमको दैनिक अखबार मातृभूमिका अनुसार समिजा प’ट्टिमोटममा बस्छिन् । ३७ वर्षकी समिजा २ सन्तानकी आमा हुन् ।

उनले राजगिरी अस्पताल नजिकै ल’ट्रीको स्टल चलाउँछिन् । समिजाले गएको आइतबार आफ्ना केही ल’ट्रीका ग्राहकहरुलाई फोन गरेर आफूसँग

बिक्री नभएर १२ वटा टिकट बाँकी रहेकोले किन्न चाहेको भए ती टिकट किन्न आग्रह गरेकी थिइन् । अलुवाका पीके चन्द्रनले समिजालाई एसडी

३१६१४२ नम्बरको टिकट आफ्नो लागि राखिदिन भनेका थिए । उनले टिकटको पैसा २ सय रुपैयाँ (३ सय २० नेपाली रुपैयाँ) पछि दिने भनेका थिए ।

संयोगले त्यही टिकट नम्बरमा ज्या’कपट पर्यो । ज्या’कपट उपहार ६ करोड रुपैयाँ (झण्डै १० करोड नेपाली रुपैयाँ) को थियो । चन्द्रनले

टिकटको पैसा तिरेकै थिएनन् र टिकट अझै पनि समिजासँग नै थियो । ल’ट्रीको नियमअनुसार जो व्यक्ति टिकट लिएर भुक्तानी दा’वी गर्न जान्छ

उसैलाई भुक्तानी दिइन्छ । समिजाले चाहेको भए उनी टिकट लिएर दा’वी गर्न जान सक्थिन् । उनले चन्द्रनसँग त्यसको पैसा लिएकी पनि थिइनन् । तर,

समिजाले आफ्नो बोलीको म’र्यादा राखिन् र टिकट लिएर चन्द्रनको घर गइन् । समिजाले २ सय रुपैयाँ लिएर टिकट चन्द्रनलाई दिइन् । चन्द्रन, उनकी

पत्नी लिला, दुई छोरीहरु र एक छोराले स्थानीय मिडियासँग स’मिजाको इ’मान्दारिताको निकै प्रशंशा गरेका छन् । समिजाले आफूले लट्रीको

टिकट वास्तविक वि’जेतालाई दिएको प्रतिक्रिया दिएकी छिन् । उनले आफूलाई आफ्नो इ’मानदारीको प्रशंशा गर्दै कैयौं फोनहरु आइरहेको बताइन् ।