ट्याक्सी व्यवसायी भन्छन्- पठाओ र टुटललाई कम भाडा लिएर ठग्न दिदैँनौ

समाचार

काठमाडौँ

नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतले राइड सेयरिङ एप पठाओ र टुटलले सर्वसाधारणसंग कम भाडा लिएर ठग्ने गरेको अनौठो तर्क

गरेका छन्। नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतले भने, ‘पठाओ र टुटलले कानुनमा नै नभएको काम गरिरहेका छन्। सार्वजनिक

सडकमा घर बनाउन त पाइँदैन नि। घर निर्माणका लागि निजी जग्गा चाहियो । टुटल र पठाओले सडकमा नै घर बनाएका छन्। यो सरासर ठगी धन्दा हो। यसलाई

जसरी नि रोक्न पर्छ।’ बस्नेतले पठाओ र टुटलले सरकारलाई कर तिर्न नपर्ने भएकोले भाडा सस्तो भएको बताए। आफैले भाडा तोकेकोले उनीहरु सस्तो जस्तो देखिए पनि

त्यस्तो नभएको बताए। उनले भने, ‘पठाओ र टुटलले सरकारलाई कर पनि तिरेका छैनन्। उनीहरूको भाडा कसैले पनि तोकेको छैन। आफ्नै मनलाग्दी छ। आफैंले

भाडा तोकेर पठाओ र टुटलले ठगी काम गरिरहेका छन्।’ बस्नेतले ट्याक्सी चालकहरुले ठगी नगरेको दाबी गरे। उनले भने, ‘पठाओ र टुटलको न ट्याक्सीको

जस्तो कालो नम्बर छ, न हाम्रो जस्तो मिटरको सिल छ। हाम्रा ट्याक्सी चालकहरूले खुद्रा पैसा नभएर यदाकता २०/५० रुपैयाँ धेरै लिँदा ठगी गर्यो भन्ने हुन्छ।

तर पठाओ र टुटलले कानुन नै नमानेर कसैको छत्रछायामा परेर ठगी धन्दा चलाइरहेका छन्।’