ज्योति लाइफको आईपिओ बिक्री प्रवन्धक एनएमबी क्यापिटलको वेबसाइटमा ट्राफिक, रिजल्ट हेर्न समस्या

समाचार

काठमाडौँ

ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ बिक्री प्रवन्धक एनएमबी क्यापिटलको वेवसाइट खुल्न सकेकाे छैन । जसको कारण शुक्रबार बाँडफाँट भएको

आईपीओको रिजल्ट हेर्न सेवाग्राही बन्चित भएका छन । १२ बजे बाँडफाँट भएको आईपीओकाे रिजल्ट साँझसम्म पनि सेवाग्राहीले हेर्न पाएका छैनन् । मेरो शेयर

अकाउन्टमा नतिजा हेर्न पाइने भएपनि लामो समयसम्म रिजल्र्ट उपलब्ध हुन सकेको छैन भने ग्राहकको अत्याधिक ट्राफिकको कारण समस्यामा परेका छन् । आईपिओ

बिक्री प्रवन्धकको जिम्मा लिएको एमएमबी क्यापिटलकाे वेबसाइटमा सस्पेन्ड लेखेकाे देखिएकाे छ । तर क्यापिटलका अनुसार ट्राफिक बढेपछि वेबसाइट

खुल्न नसकेकाे हाे । ट्राफिक बढेपछि रिजल्ट हाल्नपनि समस्या भैरहेकाे क्यापिटल प्रमुख कार्यकारी अधिकृत श्रृजेश घिमिरेले जानकारी दिए । उनका अनुसार

केही समयपछि रिजल्ट हेर्न मिल्ने गरी काम भइरहेकाे छ । सिडीएससीले अनलाइन सञ्चारमध्यमबाट आईपिओकाे रिजल्ट प्रकाशन गर्न राेक लगाए पछि लगानीकर्ताहरूले समयमै नजिता हेर्न सकेका छैनन् ।

यो पनि पद्नुहोस;-रु रु जलविद्युतले चैत २० गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्न रु रु जलविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि सर्वसाधारणमा

प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७

हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५

प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका

लागि आवेदन दिन सक्नेछन्। सो शेयर खरिदका लागि चैत २४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा बैशाख ३ गतेसम्म

म्याद थप गरिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका

लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा

मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल

धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। हाल

कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।