श्रीमतीका सबै कपडा जलाउँदै यि पतिले आक्रोश पोख्दै भने त्यसले मेरो मायालाई चोइटाएर गई

समाचार

काठमाडौ

श्रीमान् श्रीमति मिलेर घर बेचे । नयाँ घर बनाउने भन्दै पुरानो घर १ करोड २ लाखमा बेचियो । अहिले श्रीमति र श्रीमान् बिच खट९पट भएको छ ।

घर बेचेको पैसा लिएर श्रीमती हिँडेपछि श्रीमान वेचौन भएका छन् । उनीहरुका छोरा अध्ययनका लागि अष्ट्रेलियामा छन् । विवाह गरेको २२ वर्ष

पछि उनको श्रीमती डिभोर्स चाहन्छिन् । विवाह गरेको २२ वर्ष सम्म पनि श्रीमतीले किन थापा लेखिन् रु रहस्य त यस्तो पो रैछ उनका श्रीमान

भन्छन्, कुँवरसंग विवाह गरेर पनि श्रीमतीले थापा लेख्दै आएकी रैछ । श्रीमती किन त्यसरी घरवाट गइन् भन्ने कुरा भने आफुले थाहा नपाएको बताए ।

१०४ वर्षको बृद्ध वुवा र ९० वर्ष भन्दा बढी भएकी आमालाई छोडेर श्रीमती हिडेपछि यिनी निकै बेचैन भएका हुन् । अहिले उनले घरमा भएका श्रीमतीका

सबै लुगा निकालेर जलाएका छन् । जहिले पनि माइतीको सम्पत्ती भनेर त ना व दिने गरेको बताउँछन् । मैले दुख गरेर कमाएको सम्पत्तीलाई

मेरो माइतीको सम्पत्ती भनेर दावी गरेको उनको भनाई छ । श्रीमतीको माइतीको सम्पत्ती खान पर्यो भने म यहि बाग्मतीको गुहुँ खान्छु, उनले भने ।

श्रीमति रकम सहित सम्पर्क बिहिन भएको भन्दै श्रीमान् रुँदै मिडियामा आएका छन् । प्रस्तुत भिडियोमा श्रीमतिको तर्फका कुरा भने समेटिएका

छैनन् । श्रीमति के कति कारणले सम्पर्क बिहिन भएकी हुन् भन्ने यो भिडियोमा भने प्रष्ट छैन । गोकर्णेश्वर नगरपालिका ९जोरपाटी० का नारायण

कुमार कुँवर उक्त गुनासो गर्दै मिडियामा आएका हुन् । उनकी श्रीमति शान्ति थापा रकमसहित गएको र सम्पर्कमा आउन नचाहेको नारायणको आरोप छ ।

भिडियो यो समाचारको अन्त्यमा राखेका छौं हेर्न नछुटाउनु होला। यो पनि पढ्नुहोस्:पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन

माग-पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने पर्यटन कम्पनीलाई बारबाही गर्नुपर्नेलगायत माग गर्दै पर्यटन क्षेत्रका

श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन् । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग

गर्दै पर्यटन क्षेत्र नेपाल ट्रेकिङ, ट्राभल्स, जलयात्रा, वायुसेवा, संस्कृति, पुरातत्व, कार्गो, कुरियर श्रमिक युनियन९यूनिट्राभ० का श्रमिकहरुको एक

प्रतिनिधिमण्डलले संस्कृतिमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको हो । कोरोना महामारीपछि अस्तव्यस्त पर्यटन क्षेत्रमा

श्रमिकको उत्थानलाई जोड दिँंदै आज पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनुभयो ।

सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटक आफूखुशी पदमार्गमा जाने ‘एफआइटी टिम्स’ बन्द गर्नुपर्नेलगायत माग

श्रमिकको छ । यूनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी –विदेशी गाइडबीचको विभेद, हेलिकप्टर उद्धारमा हुने विभेद र  विमानस्थलमा

आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।यूनिट्राभले पर्यटक कुन देशको हो र बीमा रकम

कति छ भन्ने आधारमा नभई समय, अवस्था र स्थानलाई ध्यानमा राखी आपत्कालीनावस्थामा छिटोभन्दा छिटो पर्यटक र श्रमिकलाई

हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । नेचर गाइड र सफारी श्रमिकका कार्य व्यवस्थित गर्नुपर्ने, कोभिडबाट प्रभावित श्रमिकको

जीवन रक्षाका लागि राहत र विनाधितो सहुलियपूर्ण ऋण दिनुपर्ने, महिला पथप्रदर्शकमाथि हुने विभेद अन्त्य गर्नुपर्ने, पदमार्ग क्षेत्रमा रहेको

एकाधिकार अन्त्यलगायत विषय पनि उठाइएको छ । पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विकासका माग अध्ययन गरी कार्यान्वयन गर्न प्रयास गरिने आश्वासन दिनुभयो । 

हेर्नुहोस् भिडियो