३ पटक १० मिनेटको डेटिङमै सैनिक युवकले महिलाको ४० लाख रुपैयाँ उडाइदिए

समाचार

काठमाडौं

एक महिलाले एक युवकसँग १ पटकमा १० मिनेटको दरले ३ पटकको डेटिङमै ४० लाख रुपैयाँ गुमाएकी छिन् । युवकले महिलालाई झुक्याएर यति ठूलो

रकम ठगेका हुन् । यी युवक सेनाका भएको बताइएको छ । द सनको रिपोर्टअनुसार ४५ वर्षकी एन्जेला ह्वाइटब्रेड नामकी महिलाले नथान वाकर नामका

ती युवकलाई डेटिङ एपमा भेटेकी थिइन् । नथानले एन्जेलालाई आफूले लिन लागेको ऋणमा ग्यारेन्टी बसिदिन आग्रह गरेका थिए । एन्जेलाका अनुसार

त्यतिबेला उनी आफ्ना ७ वर्षसम्मका पार्टनरसँग छुट्टिएर एक्लै थिइन् र उनका साथीहरुले उनलाई नयाँ पार्टनर खोज्न प्रोत्साहित गरिरहेका थिए । यही बीचमा

उनले वाकरलाई भेटिन् र उनीहरुको डेट सुरु भएको थियो । ‘हामीले नम्बर साट्यौं र च्याटमा कुराकानी गर्न थाल्यौं’ उनले भनिन् । यही क्रममा वाकरले

एन्जेलासँग सहयोग मागे । ‘उनले आफ्नो फोन लाइनको सम्झौता सकिन लागेकोले लाइन काटिने र आफू म र आफ्नी छोरीसँग कुरा गर्न असमर्थ हुने

बताएका थिए’ एन्जेलाले भनिन् । एन्जेलाका अनुसार उनलाई केवल ५० पाउण्ड (८ हजार रुपैयाँ) ऋण भनिएको थियो जुन कारण उनले कुनै खतरा महसुस

गरिनन् । ‘मलाई सानैदेखि समस्यामा परेकालाई सहयोग गर्न सिकाइएको थियो र मैले त्यही गरेकी थिएँ’ उनले भनिन् । तर, यो सुरुवात मात्र

थियो । केही कप्तापछि उनले एन्जेलालाई ग्यारेन्टर बसिदिने सम्बन्धी एउटा लिंक पठाए र एन्जेलाको सहयोग मागे । उनले आफ्नी गर्लफ्रेण्डले आनफूलाई

धेरै ऋणमा छाडेर गएको बताए । उनले एन्जेलासँग यो सबै ऋण आफूले तिर्ने बताउँदै सहयोग गरिदिन आग्रह गरे । एन्जेलाले सुरुमा वाकरले आफ्ना

परिवारसँग सहयोग मागुन् भन्ने चाहेकी थिइन् तर उनले आफ्नो कुनै परिवार नभएको बताएपछि अन्ततः सहयोग गर्न राजी भइन् । वाकरले सुरुमा त ऋणको

किस्ता तिर्दै गए तर तीन महिनापछि उनले किस्ता तिर्नै छाडे । एन्जेलाका अनुसार त्यसपछि भने उनले पैसा तिर्न छाडे र त्यो किस्ता एन्जेलाले तिर्नुपर्ने

भयो । उनले एन्जेलासँग आफ्नो र छोरीको खर्चका कारण आफूले खर्च धान्न नसक्ने बताएका थिए । वाकर ठगीमा दोषी ठहर

त भए तर एन्जेलाले अझै पनि त्यो ऋण तिर्नुपर्ने भयो । जसका लागि उनले अझै ऋण लिनुपर्ने अवस्था पनि आयो ।