स्टेजमै जजले बेइज्जत गरे पछि कल्पना दाहालले पहिलो पटक दिइन् यस्तो प्रतिकृया (भिडियो हेर्नुहोस्)

मनोरंजन

काठमाडौ

शनिवारदेखि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ औपचारीक रुपमा सुरु नहुँदै विवादित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो

एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको छ । हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसारण

गरिएको थियो । ‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । पहिलो भाग प्रसारण भएसँगै यो सो आलोचित

बनेको हो । अहिलेसम्म यो सोलाइ तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरिसकेका छन् भने, आठ हजार सात सय बढी दर्शकलेसमेत प्रतिक्रिया दिएका

छन् । जसमा अधिकांश प्रतिक्रिया भने नकारात्मक छन् । आलोचनाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय

कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलोचना र व्यङ्ग्य गरेका छन् । कतिपय दर्शकले

जजहरूमा अनुशासन नभएको समेत प्रतिक्रिया दिएका छन् । भने कतिपयले जजहरूमा बढी घमण्ड भएको प्रतिक्रियासमेत दिएका छन् । त्यस्तै कतिपय दर्शकले

यसका निर्णायकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् । ‘दोहोरी च्याम्पियन’को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका

अध्यक्ष गीतकार रमेश बि जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा

रहेका छन् । यस्तै कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन् । भिडियो यो समाचारको अन्त्यमा रखिएको छ।

यो पनि पढ्नुहोस;- दुई कुराले बलिउड अभिनेत्री तब्बुको प्रशंशा हुन्छ, जोडदार अभिनय अनि फेसनेवल लुक्स । तब्बुका फ्यानहरु उनको अभिनय र सुन्दरताका अलवा फरक फेसन

सेन्सका पनि पारखी हुन् । अवार्ड कार्यक्रमदेखि अन्य समारोहहरुमा पनि तब्बुका स्टाइलिश र फेसनेवल लुक्सले धेरैको ध्यान खिचिरहेको हुन्छ । ४९ वर्षकी

तब्बु परम्परागत कपडादेखि वेस्टर्न आउटफिटमा पनि उत्तिकै आकर्षक लाग्छिन् । त्यस्तै, उनी आफ्नो छालाको विशेष स्याहार गर्छिन् ।माथिको तस्विरमा

तब्बुले लाइट कलरको सर्ट ड्रेस लगाएको देखिन्छ, अफ सोल्डर सर्ट ड्रेसमा उनी निकै सुन्दर देखिन्छिन् । उनीसँगैका धेरै अभिनेत्रीहरु विवाह गरेर सेटल भइसकेका

छन् तर उनी अझै पनि अविवाहित छिन् । उनले पछिल्लो पटक आफ्नो विवाह नहुनुको कारण अजय देवगन भएको बताएकी थिइन् । २५ वर्ष अगाडि फिल्मी

पर्दामा यो जोडी निकै हिट थियो । फिल्म विजय पथमा उनीहरुको पहिलो भेट भएको थियो । उनले भनेकी थिइन्,‘आज पनि अजय मेरो मिल्ने साथी हो । उसलाई

भेट भएपछि मैले उ बच्चा जस्तो स्वभाव भएको माने । उ मलाई विभिन्न कुराहरुबाट जोगाउन खोज्थ्यो । कोही जवान युवालाई उसले मेरो नजिक

आउनै दिएन । त्यही कारण पनि हुनसक्छ म अझै अविवाहित छु ।’ उनको यो भनाइले बलिउडमा निकै चर्चा पाएको थियो ।

हेर्नुहोस भिडियो