दुबई पुलिसको जागिर छाडेर कुखुरा पाल्दै,माओवादी छाडेपछि करोडको आम्दानी (भिडियो हेर्नुस्)

समाचार

काठमाडौँ

माओवादी शान्ति प्रकृयामा आउन भन्दा एक बर्ष अगाडी उनी नेकपा माओवादीमा लागिन् । माओवादी सिद्धान्त बुझेर उनि बिद्रोहमा होमिएकी भने होइनन् । त्यती बेला सरकार

र माओवादी दुवै पक्षले उनको घरमै पुगेर दुख दिन्थे । त्यहि दुख सहन नसकेर १२ बर्षकी अनिता स्याङ्बो (अनु) जनमुत्ति सेनामा लागिन् । उनि १ बर्षसम्म बन्दुक बोकेरै लागिन् ।

धेरै ठाउँमा तत्कालिन साहि नेपाली सेनासँग बालबाल बाचिन् । डरडरै माओवादी बनेकी अनु पछि पार्टीकी बफादार सेना बनिन् ।पार्टी शान्ति प्रकृयामा आएपछि माओवादीको

(जनमुक्ति सेनासँगै उनि पनि शिविरमा बसीन् । ‘अब बाहिर बसेर मुलुक बनाउन पर्छ’ उनले शिविरमा बस्दा सोच्न थालिन् । समाजमा पुनःस्थापित हुन उनले जनमुक्ति सेनाबाट

स्वएच्छिक अवकाश लिईन् । पछि उनि वैदेशिक रोजगारीको लागि दुबई गईन् । उनले दुबई पुलिस भएर काम गरिन् । राम्रो तलब पाउने भएकाले केहि रकम बचत

पनि गरिन् । अनुले दुबईमा कामाएको पैसाको सदुपयोग गर्दै अहिले आफ्नै ठाउँमा कृर्षी कर्म लागेकी छन् । भिडियो अन्त्यमा रखिएको छ।

यो पनि पढ्नुहोस;- लिउडकी कुनै समयकी चर्चीत अभिनेत्री हुन् करिश्मा कपुर । उनको जन्म सन् १९७४ २५ जुनमा भएको थियो । कपुर खानदानमा महिलाहरुले फिल्ममा अभिनय गरेको

इतिहास रहेको थिएन । तर, यो परम्परा करिश्माले तोडिन् । तर, सुरुवाती दिनमा उनलाई खासै सफलता मिल्न सकेन । तर, संघष गर्दै गर्दा उनले सफलताको उचाई हात पार्न

सफल भइन् । करिश्माको निकनेम लोलो हो । उनले डेब्य गरेको फिल्म प्रेम कैदी हो । बबी देवलसँग उनलाई डेब्यु गराउने कुरा चले पनि बबीको फिल्म निकै पछि रिलिज हुने भएपछि

उनले प्रेम कैदी फिल्ममा अभिनय गरेकी थिइन् । जब उनको डेब्यु भयो तब उनको लुक्सलाई लिएर धेरै नै मजाक उडाइयो । उनलाई लेडी रणधीर कपुर भनिन्थ्यो । तर, जति नै

आलोचित भए पनि उनलाई लिएर फिल्म निर्माण गर्ने निर्माताहरुको लाइन लागेको थियो । सन् १९९२ मा उनको ६ वटा फिल्म रिलिज भएको थियो । करिश्माको

दोस्रो फिल्म पुलिस अफिसर रहेको थियो । उक्त फिल्ममा ज्याकी श्राफ नायकको भुमिका रहेका थिए । उनकै अंकल ऋषि कपुरले ज्याकी उनको अंकल झै देखिएको

बताएका थिए । सन् १९९४ मा आएको फिल्म राजा बाबुमा करिश्मा र गोविन्दाको भुमिका धेरैले मनपराए । उनले त्यसपछि सलमान खान, अक्षय कुमार, आमिर खान, शाहरुख

खान, सन्नी देवल, अजय देवगनसँग काम गरिन् । करिश्माको धेरै अभिनेतासँग अफयेरको हल्ला पनि चलेको थियो । तर, उनले यसबारे केही बोलिनन् । सन् २००२ मा

उनको विवाह अभिषेक बच्चनसँग हुने लगभग पक्का भएको थियो । तर, विवाह आटेको केही दिनमा नै इनगेजमेन्ट टुटेको थियो । मिडिया रिपोर्टका अनुसार अभिषेकसँग

करिश्माकी आमाले कति कमाउँछौँ भनेर प्रश्न गरेपछि बच्चन परिवार रिसाएको थियो । अन्ततः विवाह हुने लागेको सम्बन्ध पनि टुट्यो । सन् २००३ मा उनको

विवाह उद्योगपछि संजय कपुरसँग भएको थियो । उनको दुई सन्तान पनि भए । तर, सम्बन्ध लामो समय टिक्न सकेन । सन् २०१६ मा उनीहरुले डिभोर्स गरे ।

हेर्नुहोस भिडियो