हेलिकप्टरमा ससुराली पुगे मुख्यमन्त्री !

राजनीति

काठमाडौँ

नेकपा एमालेको नेतासमेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् । केही समयअघि आफूभन्दा आधा उमेर कान्छी युवतीसँग

विवाहबन्धनमा बाँधिएका राई श्रीमतीका साथ् हेलिकप्टर चार्टर गरेर आज ससुराली गएका हुन् । राई दम्पत्ति हेलिकप्टर अगाडि मख्ख परेर उभिएको फोटो सार्वजनिक भएको छ ।

राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् । ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको

सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै,मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले

न्यानो स्वागत र सत्कार गरे थिए,धेरै खुशी लाग्यो !’, उनले लेखेकी छन् । आफूहरु हेलिकप्टर लिएर पुगेका उनीहरुले गाउँको विकास नभएकोमा दुखेसो गरेका छन्।

शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत,शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न

बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ ! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु !’ प्रधानमन्त्री ओलीनिकट

भएकै कारण आफूभन्दा सिनियरलाई पछि पारेर मुख्यमन्त्री बनेका राई अविवाहित थिए । ५० वर्ष पुगेका राईले केही समयअघि भर्खर २५ वर्ष पुगेकी शेर्पासंग तामझामका

साथ् विवाह गरेका थिए । उनको विवाह समारोहमा देखिएको तामझामप्रति धेरैले आलोचना पनि गरेका थिए ।संयोग कस्तो भने, आजै वालुवाटारमा

प्रधानमन्त्री ओलीले चियापान कार्यक्रम आयोजना गरेका छन् । ओलीको किचेन क्याविनेटका सदस्य राई भने चियापान छाडेर ससुराली पुगेका हुन् ।

यो पनि पढ्नुहोस;- बलिउड अभिनेता आमिर खान ५५ वर्षका भइसकेका छन् । उनले २१ वर्षको उमेरमा रिना दत्तासँग विवाह गरेका थिए । परिवारको अनुमति बिना

विवाह गरेका आमिर र रिना कयौँ दिनसम्म लुकेर बसेका थिए । क्रिस्टिना डेनियलको पुस्तक ‘आई विल डू इट माइ वे : इनक्रेडिबल जर्नी अफ आमिर खान’ मा यस प्रेम

कथाको बारेमा लेखिएको छ । ध म्कीपछि आमिर खानको घरमा गएकी थिइन् रिना । आमिर खानले फिल्म ‘ कयामत से कयामत तक’ को सुटिङको क्रममा रिनासँग विवाह

गरेका थिए । विवाहको एक वर्ष अगाडी मात्र उनीहरुको अफियर सुरु भएको थियो । जति बेला आमिर २० वर्षका थिए भने रिना १८ वर्षकी थिइन् । २१ वर्ष लाग्ने वित्तिकै आमिरले

विवाहको योजना बनाएका थिए । तर रिना र आमिरको प्रेमलाई परिवारले मन पाराएका थिएनन । यही कारण उनीहरुले गोप्य रुपमा विवाह गरेका थिए । कयौँ दिनसम्म

उनीहरुले विवाहको कुरा परिवारसँग लुकाएका थिए । तर रिनाको बुबाले धम्की दिन थालेपछि रिना आमरिको घरमा पुगेर सबै कुरा बताएकी थिइन् । आमिर खानको

पिता ताहिर हुसैनले उनीहरुको विवाहलाई स्वीकार गर्दै रिनालाई बुहारीको रुपमा स्वागत गरेका थिए । तर रिनाको पिता भने आमिर र रिनाको विवाहको सम्बन्धको

विरुद्ध लागेका थिए । रिनाको चिन्ताको कारण रिनाको पिता बिरामी परे उनलाई कयौँ दिन अस्पतालमा नै राख्नु पर्यो । यसै क्रममा

आमिरले रिनाको पिताको धेरै सेवा गरे । उनको सेवा भाव देखेर खुसी भएका रिनाको पिताले उनीहरुको सम्बन्धलाई स्वीकार गरे ।

रिनासँग कुरा नहुँदा रुन्थे आमिर

जूही चावलाले एक अन्तर्वातामा गरेको खुलासा अनुसार फिल्म ‘ कयामत से कयामत तक’ को सुटिङको क्रममा आमिर रिनालाई धेरै सन्देश पठाउथे । एक पटक पुरै

युटिन सुटिङको लागि बैंगलोर जाने तयारीमा थियो । तर आमिरको रिनासँग एक घण्टादेखि कुरा भएको थिएन । आमिरले रुदै रिनासँग कुरा नभएसम्म आफू

सुटिङमा नै नजाने भन्दै आफ्नो निर्णयमा अडिग बसेका थिए । आमिरले रिनालाई भेटे र तत्कालै विवाह गरे ।उनीहरुको वैवाहिक सम्बन्ध १६ वर्षसम्म मात्र रह्यो ।

उनीह्रुले एक अर्कालाई समय नदिएको आ रो प लगाउँदै सन् २००२ मा स म्बन्ध वि च्छे द गरे । उनीहरुको जुनैद र इरा दुई सन्तान छन् । दैनिक अनलाईन बाट