पैसा नभएकी वृद्ध आमाले वर्षौंसम्म फूल बेचेर छोरीलाई विदेशमा पढाउन पैसा पठाइन् तर…

समाचार

काठमाडौं

२५ वर्षकी छोरीले आफ्नी आमालाई आफूले बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा पढ्नको लागि स्थान पाएको भनेर ढाँटिन् । आमासँग पैसाको नाममा केही पनि थिएन ।

ती आमाले आफ्नी छोरीलाई विदेशमा पढ्ने खर्च जुटाउनको लागि वर्षौंसम्म फूल बेचेर पैसा कमाएर छोरीलाई पठाइरहिन् । टर्कीकी मेर्वे बोज्कर्ट नामकी ती युवतीले ५७ वर्षकी

आमा गुलसेरेनलाई आफूले अक्सफोर्ड विश्वविद्यालयमा डिग्री लिनको लागि पढ्ने क्रममा लाग्ने खर्च तिर्न थप पैसा चाहिने बताएकी थिइन् । तर, आमाले पठाएको पैसाले उनी विलास

जीवन बिताउँथिन् र मोजमस्ती गर्थिन् । बेर्वेले आमालाई ढाँटेकी थिइन् जबकि उनीसँग पासपोर्टसमेत थिएन । उनले देश नै छाडेकी थिइनन् र उनले इस्तानबुलमा रियलस्टेट

एजेन्टको रुपमा काम गरेर बसेकी थिइन् । जब एक स्थानीय टेलिभिजनले उनकी आमाको कठिन परिश्रम र परिवारको लागि उनले गरेको अतुलनीय त्यागको बारेमा एक फिचर

रिपोर्ट बनाएपछि मात्रै ती छोरीको पोल खुलेको थियो । ती वृद्ध महिलाको सन्तानप्रतिको समर्पण तत्कालै भाइरल भयो । यससँगै उनलाई आर्थिक सहयोगदेखि उनकी

छोरीलाई पाँचौं वर्षको अध्ययन पूरा गर्दासम्मको लागि पढाइको सबै खर्च ब्यहोरिदिनेसम्मका प्रस्ताव आए । वृद्ध महिलाको कठिन परिश्रमको कथा भाइरल भएसँगै उनकी छोरीको खोजी

सुरु भयो तर अक्सफोर्ड विश्वविद्यालयमा त्यो नामकी कुनै पनि विद्यार्थी भेटिइनन् । डेली सबाहको रिपोर्टअनुसार कुनै विकल्प नभएपछि ती छोरीले अन्ततः आफ्नो झुट स्वीकार गरेकी थिइन् ।

ती छोरीले पछि सार्वजनिक रुपमा माफी माग्दै आफ्नी आमालाई निराश पारेकोमा आफू लज्जित भएको बताएकी छिन् । उनले आफूले सबैले पत्याउनेगरी झुटो कहानी बनाएको बताएकी

छिन् । अर्कोतर्फ २ सन्तानकी आमा गुल्सेरेनका अनुसार उनले आफ्नो परिवारको गुजारा चलाउनको लागि १ दशकभन्दा धेरै समयदेखि अन्ताक्या सहरमा फूल बेचिरहेकी छिन् र यसअघि उनले

आफ्नो छोराको पढाइ खर्च पनि यसैगरी पूरा गरेकी थिइन् । छोरीको वास्तविकता खुल्नुअघि स्थानीय टेलिभिजनसँग कुरा गर्दै उनले भनेकी थिइन् ‘मेरा श्रीमानले जतिबेला

सक्नुहुन्छ काम गर्नुहुन्छ तर उहाँले सधैं काम पाउन सक्नुहुन्न । कहिलेकाहीँ उहाँ कब्रिस्तानमा मलाई सहयोग गर्न आउनुहुन्छ । मैले फूल बेचेर कमाएको पैसाले छोराछोरीको पढाइ खर्च

चलाउँछु ।’ ‘यदि कुनै मानिस स्वस्थ छ भने उसले गर्न सक्ने सबैभन्दा राम्रो कुरा भनेको काम गर्ने हो । मैले कमाएको पैसा छोराछोरीको लागि खर्च गर्दा राम्रो लाग्छ । म चाहन्छु

हरेक महिला काम गरेर आफ्नै खुट्टामा उभिउन् । यस्तो काम गर्नु लाज मान्नुपर्ने कुरा होइन बरु काम गर्न सक्दा पनि अभावमा बाँच्नु लाजको कुरा हो । मलाई काम गर्न मन पर्छ’ उनले भनेकी थिइन् । source;-dcnepal