ड्युटीमा बच्चालाई दूध खुवाउँदा महिला प्रहरीलाई सार्वजनिक रुपमा माफी माग्न बाध्य पारियो

समाचार

काठमाडौं

ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भयो । पछि यी महिला कम्बोडियाकी प्रहरी अधिकारी

रहेको खुलासा भयो । ती महिलाले ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी थियन् । यो फोटो भाइरल भएपछि ती महिलाका बरिष्ठ अधिकारीहरुले

ती महिलालाई सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बाध्य पारे । अब यो घटनाले अन्तर्राष्ट्रिय रुपमै अधिकारको बहस सृजना भएको छ । भिओए कम्बोडियाका अनुसार

सिथोंग सोखा नामकी यी महिला प्रहरीलाई बरिष्ठ अधिकारीहरुले सार्वजनिक रुपमा खेद प्रकट गर्नको लागि दबाब दिएका थिए । उनलाई सार्वजनिक रुपमा फेसबुकमा उनले

कम्बोडियाका महिलाहरु र पुलिस फोर्सको प्रतिष्ठालाई बदनाम गरेको लेख्न लगाइयो । तर, यो घटनापछि कम्बोडियाको महिला मन्त्रालयले सिथोंगमाथि उनका बरिष्ठ

अधिकारीले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ । महिला मन्त्रालयका एक अधिकारीले सिथोंगप्रति गरिएको व्यवहारले आफूलाई निकै निराशा भएको बताउँदै खासमा

सिथोंगको प्रशंशा गरिनुपर्ने बताए । मन्त्रालयले एक वक्तव्यमा सिथोंगले आफ्नो फोटो पोस्ट गर्दा मानिसहरुको ध्यान तान्न कुनै पनि कामुकताको प्रयोग नगरेको बताएको छ । यससँगै महिलाको

अधिकारको लागि काम गरिरहेका कार्यकर्ताहरुले कम्बोडियामा कामकाजी आमाहरुको अधिकार सुनिश्चित गरिनुपर्ने माग गरेका छन् । संगठनहरुले कामकाजी आमाहरुको आवश्यकता अनुसार कार्यालयमा पर्याप्त व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।

यो पनि पढ्नुहोस;- बलिउड अभिनेता आमिर खान ५५ वर्षका भइसकेका छन् । उनले २१ वर्षको उमेरमा रिना दत्तासँग विवाह गरेका थिए । परिवारको अनुमति बिना

विवाह गरेका आमिर र रिना कयौँ दिनसम्म लुकेर बसेका थिए । क्रिस्टिना डेनियलको पुस्तक ‘आई विल डू इट माइ वे : इनक्रेडिबल जर्नी अफ आमिर खान’ मा यस प्रेम

कथाको बारेमा लेखिएको छ । ध म्कीपछि आमिर खानको घरमा गएकी थिइन् रिना । आमिर खानले फिल्म ‘ कयामत से कयामत तक’ को सुटिङको क्रममा रिनासँग विवाह

गरेका थिए । विवाहको एक वर्ष अगाडी मात्र उनीहरुको अफियर सुरु भएको थियो । जति बेला आमिर २० वर्षका थिए भने रिना १८ वर्षकी थिइन् । २१ वर्ष लाग्ने वित्तिकै आमिरले

विवाहको योजना बनाएका थिए । तर रिना र आमिरको प्रेमलाई परिवारले मन पाराएका थिएनन । यही कारण उनीहरुले गोप्य रुपमा विवाह गरेका थिए । कयौँ दिनसम्म

उनीहरुले विवाहको कुरा परिवारसँग लुकाएका थिए । तर रिनाको बुबाले धम्की दिन थालेपछि रिना आमरिको घरमा पुगेर सबै कुरा बताएकी थिइन् । आमिर खानको

पिता ताहिर हुसैनले उनीहरुको विवाहलाई स्वीकार गर्दै रिनालाई बुहारीको रुपमा स्वागत गरेका थिए । तर रिनाको पिता भने आमिर र रिनाको विवाहको सम्बन्धको

विरुद्ध लागेका थिए । रिनाको चिन्ताको कारण रिनाको पिता बिरामी परे उनलाई कयौँ दिन अस्पतालमा नै राख्नु पर्यो । यसै क्रममा

आमिरले रिनाको पिताको धेरै सेवा गरे । उनको सेवा भाव देखेर खुसी भएका रिनाको पिताले उनीहरुको सम्बन्धलाई स्वीकार गरे ।

रिनासँग कुरा नहुँदा रुन्थे आमिर

जूही चावलाले एक अन्तर्वातामा गरेको खुलासा अनुसार फिल्म ‘ कयामत से कयामत तक’ को सुटिङको क्रममा आमिर रिनालाई धेरै सन्देश पठाउथे । एक पटक पुरै

युटिन सुटिङको लागि बैंगलोर जाने तयारीमा थियो । तर आमिरको रिनासँग एक घण्टादेखि कुरा भएको थिएन । आमिरले रुदै रिनासँग कुरा नभएसम्म आफू

सुटिङमा नै नजाने भन्दै आफ्नो निर्णयमा अडिग बसेका थिए । आमिरले रिनालाई भेटे र तत्कालै विवाह गरे ।उनीहरुको वैवाहिक सम्बन्ध १६ वर्षसम्म मात्र रह्यो ।

उनीह्रुले एक अर्कालाई समय नदिएको आ रो प लगाउँदै सन् २००२ मा स म्बन्ध वि च्छे द गरे । उनीहरुको जुनैद र इरा दुई सन्तान छन् । दैनिक अनलाईन बाट